© २०२३
बुटवल,२८ चैत । वैवाहिक बलात्कार आरोपमा न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।
गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।
गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएका हुन् ।
उनले हिजो श्रीमती पार्वतीलाई बोलाएर भेटेका र राति पनि पार्वतीकै कोठामा बसेका थिए । आफ्नो मोबाइल खोसेर रातभर बन्धक बनाएको पार्वतीको आरोप छ ।
प्रहरीले पार्वतीकै कोठाबाट गिरीलाइ पक्राउ गरेको हो ।