© २०२३
बुटवल,२८ चैत । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकलाई अब अगाडि बढाउने उनले जनाएका छन् ।
प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यसअघि रोकिएको नागरिकता विधेयकलाई अहिलेको गठबन्धन सरकारले प्राथमिकतामा राखेको बताए । अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँगै सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् ।
मन्त्री श्रेष्ठले केही क्यासिनो अवैध तरिकाले चलेको सुन्नमा आएकाले अवैधानिक तरिकाले कसैले काम गर्न नपाउने सरकारबाट कसैलाई भेदभाव नहुने बताए ।