© २०२३
बुटवल,२६ चैत । धौलागिरी वहुउद्देश्यीय सहकारी संस्था बुटवलले प्रदेश सांसद जमुना ढकाललाई सम्मान गरेको छ । सहकारीकी शेयर सदस्य समेत रहेकी ढकाललाई आइतबार एक कार्यक्रम आयोजना गरी संस्थाका संस्थापक अध्यक्ष रामकृष्ण खांण,अध्यक्ष गोबिन्द खनाल लगायतले सममान गरेका हुन् । सो अवसरमा बोल्दै सांसद ढकालले आफूले सहकारी संग सम्बन्धित विषयमा संसदमा आवाज उठाउने बताइन् । उनले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना र आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ काम गर्नुपर्ने बताइन् ।
संस्थाका संस्थापक अध्यक्ष एवं तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले सांसद ढकाललाई सहकारीको पक्षमा संसदमा आवाज उठाउन आग्रह गर्दै सहकारी संस्थाले व्यक्ति र समाजलाई आत्मनिर्भर हुन तथा व्यक्तित्व र नेतृत्व विकास गर्न टेवा पुराउने बताए । सो अवसरमा बुटवल ८ का वडाध्यक्ष यज्ञ पंगेनी, पुर्व अध्यक्ष हरि पन्त,उपाध्यक्ष देव खनाल,सचिव ठाकुर घिमिरे लगायतले आफ्ना धारणा राखेका थिए । सो अवसरमा २०८० सालको भित्तेपपात्रो विमोचन समेत गरिएको थियो ।