© २०२३
बुटवल,२६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड रूपैयाँ सहयोग मागेको अडिओ सार्वजनिक भएपछि उनी कारबाहीमा परेका छन् । रास्वपाले उनलाई निलम्बन गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
सभापति रवि लामिछानेले श्रेष्ठलाई एक साताका लागि निलम्बनको पत्र थमाउन निर्देशन दिए अनुसार आजै निलम्बन गरेर उनीमाथि छानबिन हुने भएको हो ।
प्रवक्ता डा ढकालले अनुशासन समितिले बुझाउने प्रतिवेदनका आधारमा पार्टीको केन्द्रीय समितिले एक सातापछि निर्णय लिने बताए ।