© २०२३
बुटवल,२६ चैत । रुकुम पूर्वमा दिदी बहिनीको हत्या गरेर भीरमा फालेको आशंकामा ७ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ३ रन्मामा गत चैत २२ गते घरबाट सिस्नु टिप्न गएका दिदीबहिनी १० वर्षीया रिना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगरको हत्या आंकामा उनीहरु पक्राउ परेका हुन् ।
मृतक दिदीबहिनीले लगाएको सुनको गहना लुटपाट गरिएको र सुनको लागि नै घटना भएको हुने सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार नाक र कानका गहना लुटेर उनीहरूको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको श्रेष्ठले जानकारी दिइन् । सिस्नु टिप्न गएका उनीहरु घर नआएपछि आफन्तले खोजी गर्दा १ सय मिटर तल भिरमा शव भेटिएको थियो ।
उनका अनुसार दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिवार पोष्टमार्टम गरिएको छ ।