© २०२३
काठमाडौ,२५ चैत । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले गठबन्धन सरकारले ल्याएको न्युनतम साझा कार्यक्रमप्रति आपत्ति जनाएको छ।
शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष वृषेशचन्द्र लालले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिक ऐन पारित गर्ने भनेकाले यसले नागरिकताको विषय अझै जालझेल, ढिलाइ, अल्मलाइराख्ने र विवादस्पद बनाइराख्न षडयन्त्र रचिरहेको आरोप लगाए।
अहिलेको सरकारले राष्ट्रपतिलाई शक्तिको स्रोत र संविधानभन्दा माथिको स्थान दिँदै लैजाने घातक परम्पराको थालनी गर्न लागेकाले लोकतन्त्र विरुद्धको यस्तो गम्भीर क्रियाकलापप्रति सजग हुन संघीय संसद, लाकतन्त्रप्रति सजग समुह र विज्ञ बौद्धिक समुदायलाई ध्यानाकर्षण गराए।
यस्तै, पार्टीका वरिष्ठ नेता डा विजय सिंहले अहिलेको सरकारले चाँडै नागरिकताको समस्या समाधान नगरे आफूहरू सडकमा आएर आफुहरुको पार्टी आन्दोलन गर्ने चेतावनी दिए।