ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

चार जिल्लामा खाद्यान्न अपुग

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

प्रदेश नम्बर ५ का ४ वटा जिल्लाले आफ्नो जिल्लालाई आवश्यक पर्ने खाद्यान्न पनि उत्पादन गर्न नसकेको तथ्यांक सार्वजनिक भएको छ । प्रदेश सरकारले यसरी आफ्नो जिल्लाको लागि आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न नसकी आयात गर्नुपर्ने जिल्लाहरूलाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको कार्यक्रम सुरुवात गरेको छ ।
भूमि–व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का योजना तथा अनुगमन महाशाखा प्रमुख (उपसचिव) बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेका अनुसार प्युठान, रोल्पार बाँके र पश्चिम नवलपरासी जिल्लामा उत्पादन भएको खाद्यान्नको अनुपात जनसंख्याको अनुपातमा संयोजन गरी उक्त तथ्यांक निकालिएको हो । जस अनुसार सबै भन्दा कमजोर जिल्लाको रूपमा नवलपरासी जिल्ला (पश्चिम नवलपरासी) देखिएको छ ।
पश्चिम नवलपरासी जिल्लामा कुल ३४ लाख ४० हजार ५० जनसंख्या रहेको छ भने खानयोग्य उत्पादन बार्षिक रूपमा ४४ हजार १ सय ४३ मेट्रिक टन उत्पादन हुने गरेको छ । जसलाई जनसंख्याको अनुपातमा रूपान्तरण गर्दा कुल आवश्यक खाद्यान्न ६२ हजार २ सय ७३ मेट्रिक टन खाद्यान्न आवश्यक छ । तथ्यांक अनुसार ६ हजार २ सय ५ मेट्रिक टन खाद्यान्न आझै अपुग रहेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार रोल्पा पनि कमजोर जिल्ला रहेको छ । उक्त जिल्लामा कुल जनसंख्या २३ लाख २ हजार १ सय ५४ जनसंख्या रहेको छ । उक्त जिल्लामा कुल खान योग्य खाद्यान्न ४४ हजार १ सय ४३ मेट्रिक टन खाद्यान्न प्रतिवर्ष उत्पादन हुँदै आएको छ । जसलाई जनसंख्या अनुपातमा रूपान्तरण गर्दा कुल २ हजार ५ सय २० मेट्रिक टन खाद्यान्न अपुग छ ।
यस्तै बाँके जिल्ला मा हाल प्रति बर्ष ९८ हजार ९ सय ९९ मेट्रिक टन खाद्यान्न उत्पादन हुदै आएकोमा जिल्लामा कुल ४६ हजार ६ सय ६३ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । बाँके जिल्ला अहिले पनि कुल १ हजार ७ सय ६७ मेट्रिक टन खाद्यान्न अपुग रहेको छ ।
यस्तै प्यूठान जिल्लामा कुल ४५ हजार ७ सय ७५ मेट्रिक टन बार्षिक रूपमा खाद्यान्न उत्पादन हँुदै आएकोमा अझै १ हजार ७ सय ३० मेट्रिक टन खाद्यान्न अभाव रहेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अनुसार अद्यावधीक गरिएको तथ्यांक अनुसार प्रदेश नम्बर ५ मा कुल भुमी क्षेत्र १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर रहेको छ । जसमा कुल खेती योग्य क्षेत्रफल ६ लाख ९७ हजार ३३१ हेक्टर रहेको छ । हाल यो प्रदेशमा कुल खेती योग्य क्षेत्रको ७७.३५५ प्रतिशतमा खेती गरिएको छ भने सिंचीत क्षेत्र ३९.६९५ प्रतिशत मात्रै रहेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना अथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले यसरी खाद्यान्न उत्पादनमा कमजोर देखिएका प्रदेश का ४ वटा प्यूठान, बाँके, रोल्पा र नवलपरासीमा थप खाद्यान्नको उत्पादकत्व वृद्धि गर्ने प्रकृतिको योजनाहरू मन्त्रालयले बनाएर लागू गर्दै छ । नवलपरासी जिल्लामा कृषि ज्ञान केन्द्र समेत स्थापना गरिएको छ । जसले उक्त क्षेत्रको थप उत्पादकत्व वृद्धिको लागि कार्य गर्ने मन्त्रालयको योजना रहेको छ ।
खाद्यान्न उत्पादनमा अब्बल जिल्लाको रूपमा बर्दिया जिल्ला देखिएको छ । जसमा कुल ४ लाख ५० हजार ४ सय ७० जनसंख्या रहेको छ । जसमा कुल १ लाख ४३ हजार २ सय २८ मेट्रिक टन खाद्यान्न उत्पादन हुदै आएको छ । जुन जिल्लाले आफुलाई चहिने खाद्यान्न परिपुर्ती गरी अन्य जिल्लामा पनि निर्यात गर्दै आएको छ । कुल ६१ हजार ६ सय ९३ मेट्रिक टन खाद्यान्न अन्य जिल्लामा निर्यात गर्ने गरेको मन्त्रालयको तथ्यांक रहेको छ ।
यस्तै दोस्रो अब्ब्ल जिल्लामा रूपन्देही देखिएको छ । रूपन्देही जिल्लाले कुल २१ लाख ४ हजार ९ सय मेट्रिक टन उत्पादन गरेको छ । जसले कुल ३७ हजार ३ सय २६ मेट्रिक टन खाद्यान्न निर्यात गर्ने गरेको छ ।
यस्तै कपिलवस्तु जिल्लाले प्रतिबर्ष कुल २६ हजार ५ सय २, अर्घाखाँची जिल्लाले २२ हजार २८, गुल्मीले १२ हजार २ सय २, दाङ्ग जिल्लाले ७ हजार ५६, पुर्वी रुकुमले ३ हजार १ सय २१ र पाल्पा जिल्लाले कुल ५ हजार ९ सय ४२ मेट्रिक टन खाद्यान्न निर्यात गर्दै आएका छन् । प्रदेश नं. ५ को कूल खाद्यान्न उत्पादन २२ लाख ७४ हजार ६३२ मेट्रिक टन रहेको छ ।
प्रदेश नम्बर ५ मा दलहन ६४२ लाख ७ हजार २९३ मेट्रिक टन , तेलहनबाली ६२ हजार ३३६ मेट्रिक टन, तरकारी ५ लाख १ हजार ९३७ मेट्रिक टन, आलु २ लाख ८० हजार ८५० मेट्रिक टन, उखु ६ लाख ५२ हजार १७२ मेट्रिक टन, फलफूल ९१ हजार २८७ मे.टन र मसला बाली ९१ हजार १७२ मेट्रिक टन उत्पादन रहेको छ ।

………………………………..

‘जुन जिल्ला खाद्यान्न उत्पादनमा कमजोर रहेको छ, उक्त जिल्लालाई योजना छनौटमा प्रथमिकता राखेर मन्त्रालयले कार्य अगाडी बढाउने छ । यस्तै सरकारको आवधिक योजना निर्माणको क्रममा पनि कमजोर जिल्ला माथि उकास्ने गरी कार्य अगाडी बढ्ने छ ।
विनोद घिमिरे
प्रमुख (बरिष्ठ कृषि विकास अधिकृत) योजना तथा अनुगमन महाशाखा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

…………………………….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?