© २०२३
दाङ,२३ चैत । दाङमा सामुहिक रुपमा एकिकृत समाजवादी परित्याग गरेका नेताहरु सामुहिक रुपमै नेकपा एमाले मुल घरमा फर्किएका छन् । नेकपा एमालेका केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेताहरु विहिवार एमालेमा फर्किएका हुन । एकिकृत समाजवादीकी केन्द्रिय परिसद सदस्य मिना गुरुङ्ग, मेटमणी चौधरीका प्रमुख स्वकिय सचिव भुमाण्डव केसी, स्वकिय सचिव गौरवसिंह महरा, समाजवादी पार्टीका नेता सिता चौधरी, हिमाल अधिकारी, किसन भट्टराई एमालेमा फर्किएका छन् । नेकपा एमाले दाङका ईञ्चार्ज तथा पोलिटव्यूरो सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य चेतनारायण आचार्य, केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्मा लगायतका नेताहरुले एमालेमा स्वागत गरेका हुन । एकिकृत समाजवादी भित्र व्यक्तिवादी अहंकारवाद, निरंकुश एवम् स्वयच्छाचारी प्रवृत्ति मौलाउदै गएको र पार्टीको माध्यमबाट नेपाली कम्यूनिष्ट आन्दोलनको शुद्धिकरण हुन नसक्ने ठहर गर्दै चैत ४ गते पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका थिए ।‘एकिकृत समाजवादी पार्टीको भविस्य छैन् । कुनै पार्टीमा विलय हुन्छ या यसै सकिन्छ’एमालेमा फर्किदै युवा नेता भुमाण्डव केसीले भने,‘समय परिवर्तनसिशल छ । त्यसैले विचारमा पनि परिवर्तन आउन जरुरी छ । हामी हाम्रो पुरानै घरमा फर्कियौं । यहाँबाटै नेपाली जनताको न्याय, समानता र मुक्तिको संघर्षमा अघि बढ्छौं ।’ मुल घरमा फर्किएकाहरुलाई उचित जिम्मेवारी दिइने पार्टी सचिव मनोहर बुढाथोकीले बताए ।