© २०२३
बुटवल,२१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दिएका लामिछाने उम्मेदवार हुन अयोग्य भएको दाबी गर्दै अधिवक्ता युवराज पौडेल सफलले जिल्ला निर्वाचन आयोग चितवनमा उजुरी दिएका छन् ।
नेपालको संविधानको धारा २९१ उल्लेख गर्दै पौडेलले लामिछाने प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन अयोग्य रहेको उजुरीमा उल्लेख छ ।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको पद खारेजी गरेपछि वैशाख १० गते हुने चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।