© २०२३
बुटवल,२१ चैत । राष्ट्रिय सवतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ रोकिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।
लामिछानेमाथिको राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार दर्ता भएको रिटको सुनुवाइको लागि पेशी तोकिएको थियो । रविको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुनिल पोखरेल पनि पुगेका थिए । तर, न्यायाधीश सिन्हाले अघिल्लोपटक रविको विपक्षमा भएको फैसलामा आफू पनि रहेकाले हेर्न नमिल्ने भनेपछि सुनुवाइ रोकिएको हो ।