ट्रेंडिंग:

>> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर

नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट भित्रिएको पुष्टि

२० चैत्र २०७९, सोमबार
२० चैत्र २०७९, सोमबार

बुटवल,२० चैत । भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट एक्सबीबी १.१६ नेपालमा पनि भित्रिइसकेको पुष्टि भएको छ।

यही चैतमा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणबाट १० जनामा नयाँ भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार चैतमा संकलित २४ वटा पिसिआर र एन्टीजेन पोजेटिभ नमुनाको परीक्षण गर्दा ओमिक्रोनको बिए १.१ दुई जनामा, बिए २ दुई जनामा, बिए २.७६ एक जनामा, बिए.५ दुई जनामा, बिए ५.२ दुई जनामा, एक्सबीबी १.१६ दश जनामा, एक्सबीबी १.५ तीन जनामा, एक्सबीबी २.६ एकजनामा र एक्सबीएफ एक जनामा पुष्टि भएको हो।

छिमेकी मुलुक भारत र चीनमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट फैलिइरहेकाले सीमाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको सीमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भए आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नु परेमा नजिकको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ।

छिमेकी मुलुक भारतमा आइतबार मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

सरकारले कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि लक्षण देखिए परीक्षण गराइ आइसोलेशनमा बस्न अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कोभिड १९ को लक्षण देखिनासाथै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध गरेको हो।

रुघा, खोकी र ज्वरोजस्ता लक्षण कोरोना संक्रमणको हुने भएकाले सुरक्षित रहन मन्त्रालयको सुझाव छ। पानीमा भिजेको, चिसो खाएको र धुलोमा गएको भनेर बहाना नबनाउन मन्त्रालयको अनुरोध छ।

नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकाले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन र संवेदनशील हुनसमेत मन्त्रालयले आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालय अनुसार देशभर गरिएको १ हजार १५१ नमुना परीक्षणका क्रममा एकै दिन ७६ जनामा संक्रमण देखिएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?