© २०२३
बुटवल,२० चैत । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको क्रिकेट रंगशाला आर्थिक अभावले लामो समयदेखि अलपत्र थियो ।
आज बसेको मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व लिने विषयमा आवश्यक प्रक्रियामा जाने निर्णय गरेको हो । यससँगै रंगशाला निर्माणले निरन्तरता पाउने भएको छ ।