ट्रेंडिंग:

>> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै

पर्यटन विकासमा साझेदारी गर्दै प्रदेश सरकार

२२ मंसिर २०७५, शनिबार
२२ मंसिर २०७५, शनिबार

रोल्पाको पर्यटन विकासमा सरकारी चासो देखिन थालेको छ । डिभिजन वन कार्यालय मार्फत जिल्लाको पर्यटन विकास र प्रवद्र्धनका लागि ३ करोड ८० लाख बजेट प्रस्ताव गरिएसँगै जिल्लाको पर्यटन विकासमा सरकारी चासो बढेको स्थानीयहरूले बताएका हुन् । चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने उक्त बजेट मध्ये प्रदेश सरकारले २ करोड ३५ लाख र संघीय सरकारले १ करोड ४५ लाख व्यहोर्ने भएका छन् । जिल्लाको पर्यटन विकासका लागि प्रस्तावित उक्त बजेटमध्ये १० लाख रूपैयाँ सामुदायिक वनमा पर्यापर्यटनका लागि खर्च गरिने डिभिजन वन कार्यालय रोल्पाले जनाएको छ । रुन्टीगढी गाउँपालिका स्थित गढीलेख सामुदायिक वन क्षेत्रमा उक्त बजेट खर्च गरिने बताइएको छ । यसैगरि जलजला क्षेत्रमा पदमार्ग निर्माणका लागि २५ लाख वजेट प्रस्ताव गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र जलजला सम्म पुग्ने पदमार्ग निर्माणमा उक्त वजेट खर्च गरिने वताइएको छ । यसैगरि ऐतिहासिक गाउँ थबाङमा युद्ध स्मारक र संग्राहलय निर्माणका लागी २ करोड प्रस्ताव गरिएको छ । उक्त वजेट प्रदेश सरकारले विनियोजन गरेको हो । यसैगरि जिल्लाको पर्यटन विकास र प्रवद्र्धनका लागि संघीय सरकारले विनियोजन गरेको वजेट मध्ये ५ लाख पर्यापर्यटनमा खर्च गरिने भएको छ । लुंग्री गाउँपालिका स्थीत हार्जङमा रहेको सुनछहरी झरना विकास र प्रवद्र्धनमा उक्त रकम खर्च गरिने भएको छ । जलजला क्षेत्रमा गुरिल्ला पदमार्ग निर्माणका लागी संघीय सरकारले ३५ लाख विनियोजन गरेको छ । उक्त रकम पर्यटकीय क्षेत्र जलजलाको प्रवेशद्धारको रूपमा रहेको जेल्बाङ जलजला पदमार्गमा खर्च गर्ने प्रस्ताव गरिएको छ । यसै गरि यार्सा ट्रेक शिर्षकमा ३० लाख विनियोजन गरिएको छ । सो वजेट समेत यार्सा पदमार्गको रूपमा खर्च गरिने भएको छ । शिवगुफा संरक्षण तथा प्रवद्र्धन अन्तरगत १५ लाख वजेट छुट्याइएको छ । उक्त वजेट जिल्लाको त्रिवेणी गाउँपालिका जुगारमा रहेको शिव गुफा संरक्षणमा खर्च गरिने भएको छ । युद्ध संग्राहलय निर्माणको लागि जिल्लामा ४० लाख वजेट भित्रिएको छ । उक्त वजेट युद्ध संग्राहलय भवन निर्माण वा घेरावारमा खर्च गरिने वताइएको छ । ऐतिहासिक गाउँ थबाङमा शहिद स्मृती राष्ट्रिय संग्राहलय वन्ने भएको छ । सो शिर्षकमा संघीय सरकारले २० लाख वजेट विनियोजन गरेको रोल्पाका डिभिजन वन अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए । पर्यटन विकासका लागि जिल्लामा आएको वजेट सदुपयोग गरि उपलव्धीमुलक काम गर्नु पर्ने सरोकारवालाहरूले वताएका छन । स्थानीय सामुदायिक वन उपभोक्ता समूह संग सहकार्य गरि काम गर्नु पर्ने सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मनसिं डागीले सुझाव दिए । स्थानीय सरकार र स्थानीय समुदायसँग सहकार्य गरि काम गर्न सके जिल्लाको पर्यटन विकासमा योगदान पुग्न सक्छ अध्यक्ष डाँगीले भने । विगतमा समेत पर्यटन विकासका लागि धेरै वजेट विनियोजन भए पनि उपलव्धी निकै न्यून मात्र भएको डाँगीको भनाई छ । जनमुक्ती सेनाको क्याम्प स्थापना गरिएको स्थान तिलामा जनयुद्ध संग्राहलय वनाउने भन्दै कानूनी प्रकृया पुरा गरि गुरुयोजना समेत तयार भए पनि वजेट विनियोजन हुन नसक्नु दुखत भएको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले प्रतिकृया दिए । सघन पर्यटन विकासका लागी जोडवल गरिएको स्थानमा वजेट नआउदा आफुलाई दुख लागेको प्रमुख वुढाको भनाई छ । स्थानीय सरकार समेतको सहयोगमा प्राप्त वजेटलाई कार्यान्वय गरे जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने प्रमुख वुढाको भनाई छ । युद्ध पर्यटन, धार्मिक, पर्यटन र पर्यापर्यटनको राम्रो संभावना वोकेको रोल्पामा अपेक्षाकृत वजेट विनियोजन नहुँदा पर्यटकीय क्षेत्रहरू ओझेलमा पर्दै गएका छन । जिल्लाका थबाङ, जलजला, सुनछहरी, शिवगुफा, रुन्टी, गढी लगायतका स्थानलाई पर्यटकीय क्षेत्र मान्ने गरिन्छ । यी मध्ये धार्मिक पर्यटकीय क्षेत्रको रूपमा जलजला र रुन्टीमा दर्शन गर्न आउने श्रद्धालुहरूको संख्या समेत वृद्धी हुँदै जान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?