© २०२३
सल्यान,१६ चैत । सल्यान जिल्लाको कुमाख गाउँपालिकामा भिरबाट लडेर ७० बर्षिया वृद्धाको मृत्यु भएको छ । वडा नम्बर ६ स्थित वडागाउँकी अन्दाजी ७० वर्षीया पदमी परियारको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । बागचौर नगरपालिका ३ स्थित सेताभिरबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
बिहीबार बिहान सडकदेखि २० मिटर तल पदमिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जनाए। पदमी केही दिनदेखि छोरीको घरमा बस्दै आएकि थिइन । उनको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल राखिएको प्रहरीको भनाई छ ।