ट्रेंडिंग:

>> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने

नेता कार्यकर्तालाई ओलीको सुझाव : व्यवहार र आचरण राम्रो बनाउनुस्

१५ चैत्र २०७९, बुधबार
१५ चैत्र २०७९, बुधबार

 

बुटवल १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताले भाषण भन्दा व्यवहार र आचरण असल बनाउनुपर्ने निर्देशन दिएका छन् । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत तिलोत्तमामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले जनताले भाषण, विचार सुन्न भन्दा व्यवहार र आचरण हेर्ने भन्दै जनताको मन जित्ने गरी जनतामैत्री असल ब्यवहार र आचरण देखाउन निर्देशन दिए ।
ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु खराब भएपनि कार्यकर्ताहरु असल रहेकाले दुबै पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा भित्राउनुपर्ने बताए ।
‘माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेका छन्’–ओलीले भने–‘तर कार्यकर्ताहरु असल छन्, उनीहरुलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनुपर्छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्कालीन राजा ज्ञानेन्द्रसंग मिलेर दलहरुलाई सिध्याउन लागि परेको तर ज्ञानेन्द्रले कु गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको टिप्पणी गरे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाउने देखि पार्टी विभाजनमा लागेको बताए ।
मिसन ग्रास रुटको मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पु¥याई एकल वहुमत ल्याउने रहेको बताए ।

१० दलको गठबन्धन सलह भन्दा बढ्ता हानीकारक भएको आरोप लगाउंदै ओलीले यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने दावी गरे ।
ओलीले स्थिरता र स्थायित्वविना देश विकास र समृद्ध हुन नसक्ने भन्दै एमालेको वहुमतको सरकार बनाउने अठोट र संकल्प सहित एकल वहुमत हासिल गर्ने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
अहिलेको सरकार १० वटा टाला जोडेर बनेको भिजनविहीन भन्दै ओलीले यस्ताले देश कसरी बनाउंछन् भन्ने प्रश्न गरे । ‘यो सरकार कस्को नीतिमा चलेको छ, कांग्रेसको नीतिमा कि माओवादीको नीतिमा ?’–ओलीले भने–‘कि खानका लागि मात्रै हो ?’
रुपन्देहीमा जति भोट ल्याउनुपर्ने हो ल्याउन नसकेको उल्लेख गर्दै ओलीले विष्णु पौडेलको भोट गन्दा छक्क परेको उल्लेख गरे । ‘सबै वडामा ५१ प्रतिशत भोट एमालेको पक्षमा बनाऔं, वहुमत नआउनुपर्ने कुनै कारण छैन । सबै क्षेत्रमा एमालेका नीति, निर्णय काम अरु दलको तुलनामा धेरै अब्बल छन् । बालबालिका,युवा देखि बृद्धबृद्धासम्मलाई एमालेले सम्बोधन गरेको छ । एमाले सरकारमा हुंदा युवा देश बाहिर जाने दर १८ प्रतिशतले घटेको र कृषि उतपादन ८ प्रतिशतले बढेको थियो’–ओलीले भने ‘ २० वर्षमा नभएका काम एमालेको साढे ३ वर्षको सरकारको पालामा भएका थिए,एमालेले गरेका काम आफु बसेको ठाउंमै उभिएर हेरे देखिनछ, डांडा चढ्न पर्दैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?