© २०२३
काठमाडौं,१५ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७८–०७९को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।