ट्रेंडिंग:

>> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री गिरीको निर्देशन : योजना कार्यान्वयनमा केन्द्रीत हुनुस्

१३ चैत्र २०७९, सोमबार
१३ चैत्र २०७९, सोमबार

दाङ, १३ चैत । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सोमबारदेखि सुरु भएको छ । प्रदेश योजना आयोगको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।
चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धी र भावी कार्यक्रमको समीक्षा गरिने प्रवक्ता आचार्यको भनाइ छ । समीक्षा कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने बताउँदै प्रवक्ता आचार्यले भने ‘चालु आर्थिक वर्षमा मन्त्रालयहरुले हालसम्म गरेका उपलब्धी समीक्षा गर्नुका साथै आगामी दिनमा सरकारका कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा यो समीक्षा कार्यक्रमले टुंगो लगाउँछ ।’
उक्त अवसरमा मुख्यमन्त्री लिला गिरीले योजना कार्यान्वयनमा केन्द्रीत हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिए । प्रदेश सरकारको हालसम्मको प्रगति चिन्ताजनक रहेको बताउँदै मुख्यमन्त्री गिरीले भने ‘अबको हाम्रो सम्पूर्ण ध्यान योजना कार्यान्वयनमा केन्द्रीत हुनुपर्दछ । सरकारले हालसम्म हासिल गरेको लक्ष्य चिन्ताजनक छ । यसलाई सुधार गर्नतर्फ मन्त्री ज्यूहरु, सचिव ज्यूहरु लाग्नुहोस् । जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रीत हुनुपर्दछ ।’
परिणाम निस्कने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गिरीले भने, ‘कुनै समय लुम्बिनी मुलुककै सतप्रतिशत उपलब्धी हासिल गर्ने प्रदेशका रुपमा चिनिन्थ्यो । आजको तपाईँहरुको रिपोर्टले मलाई चिन्तित तुल्याएको छ । विगतको पहिचान पुनः फर्काउने गरी काम गर्नुहोस् ।’
समीक्षा कार्यक्रममा खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जक्की अहमद् अन्सारीले मन्त्रालयको प्रगति विवरण पेश गरे । चालु आर्थिक वर्षमा ५ अर्ब ३९ करोड १२ लाख ५७ हजारको बजेट विनियोजन गरेको भन्दै सचिव अन्सारीले १ अर्ब ८९ करोड ५४ लाख ११ हजार रुपैया खर्च भएको बताए । उनका अनुसार मन्त्रालयले हालसम्म ३५.१६ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले हालसम्म २४।६८ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयका सचिव लालबाबु कवारीले ६८ करोड १६ लाख ६४ हजार बजेट विनियोजन गरेकोमा हालसम्म १६ करोड ८२ लाख ६५ हजार रुपैया बराबरको बजेट मात्रै खर्च गरेको जानकारी दिए। त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले मन्त्रालयले ३५.४८ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । चालु आर्थिक वर्षमा मन्त्रालयले २ अर्ब ८१ करोड ५२ लाख ५४ हजार रुपैयाको बजेट विनियोजन गरेको भन्दै सचिव पन्थले हालसम्म ९९ करोड ८८ लाख ७३ हजार रुपैया मात्रै खर्च भएको जानकारी दिए ।
उक्त अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले मन्त्रालयले २७.७० प्रतिशत बजेट खर्च गरेको जानकारी दिए। चालु आर्थिक वर्षमा मन्त्रालयले १२ अर्ब ८० करोड ९५ लाख ९० हजार रुपैयाको बजेट विनियोजन गरेको भन्दै सचिव श्रेष्ठले हालसम्म ३ अर्ब ५४ करोड ८३ लाख ५८ हजार रुपैया बराबरको बजेट मात्र खर्च भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?