© २०२३
बुटवल,१३ चैत । एभरेष्ट बैंक लिमिटेडले ग्लोबल मनि वीक २०२३ को अवसरमा चैत ६ देखि १२गतेसम्म सम्म विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
यसै क्रममा रुपन्देहीको बुटवल र भैरहवा शाखाले पनि वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनि वीक २०२३ मनाएका छन् । बुटवल शाखाले बुटवल उपमहानगरपालिका १२ स्थित मायादेवी टेक्निकल कलेजमा डिप्लोमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुँईकेल, बुटलव शाखा प्रमुख नवीन पण्डित क्षेत्री लगायतले वित्तीय साक्षरताबारे जानकारी गराएका थिए ।
यस्तै बैंकको भैरहवा शाखाले पनि ग्लोबल मनि वीक २०२३ को अवसरमा मायादेवि गाउँपालिका–५ गुरुवानी स्थित जगदम्बा स्पिनिङ मिल प्रालिमा त्यहाँका कर्मचारीहरुलाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो । उत्त कार्यक्रममा भैरहवा शाखा प्रमुख धुव्र प्रसाद आचार्य र दिपक कुमार बजिमयले सहजिकरण गरेका थिए ।