© २०२३
बुटवल, ११ चैत । पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको संकटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरु सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई संकट समाधानकासाझा धारणा बनाएर लाग्नुपर्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताउंदै यस्तो संकटको घडिमा दलहरु सत्ता पक्ष र प्रतिपक्ष नभनी साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने भन्दै पौडेलले २०२८ सालमा पनि यस्तै अवस्था रहेको स्मरण गरे ।