ट्रेंडिंग:

>> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने

सिंगो शंकरनगर वनलाई वनवाटिका बनाऔं : मुख्यमन्त्री गिरी

९ चैत्र २०७९, बिहीबार
९ चैत्र २०७९, बिहीबार

बुटवल,९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शंकरनगर सामुदायिक वनलाई वन वाटिकाका रुपमा विकास गर्न सकिने बताएका छन् ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) का परिकल्पनाकार र संस्थापक अध्यक्ष बाबुराम अर्यालको निधनको सातौं दिनको पुण्य तिथिमा आयोजित शोक सभा तथा श्रद्धाञ्जली अर्पण कार्यक्रममा मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन् । स्वर्गीय अर्यालले सामुदायिक वनलाई पर्या पर्यटकीय क्षेत्र बनाएर पर्यटकीय गन्तव्य बनाई आम्दानी लिन सकिने र स्थानीय आर्थिक विकासमा योगदान दिन सकिने परिकल्पनासहित शंकरनगर सामुदायिक वनको ५१ हेक्टर झाडीलाई आकर्षक पर्यटकीय स्थल बनाएको चर्चा गर्दै सिंगो सामुदायिक वनलाई वन वाटिकाको रुपमा पर्यटकीय हिसाबले विकास गरेर देशकै नमूना पर्यटकीय स्थल बनाउन सकिने धारणा राखे । अर्यालसंगै वनवाटिकाका पुर्व उपाध्यक्ष स्वर्गीय केबी थापाको पनि वन वाटिकाको विकासमा उत्तिकै योगदान गरेको उनले बताए ।
‘सामुदायिक वनबाट भन्दा पर्यटकीय स्थल (वन वाटिका) बनाएर प्रदेश मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट लाखौं पर्यटक भित्राई राम्रो आम्दानी गर्न सकिन्छ’–मुख्यमन्त्री गिरीले भने–‘यसका लागि रुखहरु मास्नु पर्दैन, अझ परिष्कृत र राम्रो पर्यटकीय गन्तव्य बनाए पुग्छ ।’
मुख्ययमन्त्री गिरीले स्वर्गीय बाबुराम वामपन्थी र प्रजातान्त्रिक आन्दोलनका महत्वपूर्ण अगुवा व्यक्तिसंगै पत्रकारिता र सामाजिक क्षेत्रमा समेत स्थापित व्यक्तित्व भएको स्मरण गरे । अर्याल तत्कालीन शंकरनगर गाविसको उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री गिरीले स्मरण गरे ।
सो अवसरमा वन वाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थापक अध्यक्ष अर्यालसहित अग्रजहरुको अवधारणा, मेहनतका कारण वनवाटिका अहिले लुम्बिनी प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थल बनेको भन्दै अर्यालको सम्मानमा थप कामहरु गर्दै उहांको सपना पुरा गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा रुपन्देही ५ का सांसद बासुदेव घिमिरे,मुख्यमन्त्री गिरीका प्रमुख राजनीतिक सल्लाहकार दधिराम न्यौपाने,तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांण,शंकरनगर सामुदायिक वनका पदाधिकारी,राजनीतिक दल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वर्गीय अर्यालको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका वनवाटिकाका सचिव फर्सुराम भण्डारीले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?