ट्रेंडिंग:

>> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने

रेसुंगामा बैसाख अन्तिम साता श्रीराम महामहोत्सव

६ चैत्र २०७९, सोमबार
६ चैत्र २०७९, सोमबार

बुटवल,६ चैत । गुल्मी जिल्लाको धार्मिक पर्यटकीय स्थल रेसुङगामा आउदो बैशाख २३ देखि ३१ गते सम्म श्री राम महायज्ञ, श्रीराम महामहोत्सव र सन्त भक्त महामेला आयोजना हुने भएको छ । रेसुङगा संरक्षण समितिको आयोजनामा हुने महायज्ञमा भारतका ख्यातीप्राप्त योगी शम्भुनाथ जी,स्वामी राजेन्द्रनन्द महाराजवाट कथा वाचन हुने कार्यक्रम तय भएको छ ।
महामेलाको तयारीबारे स्थलगत अध्ययनका लागि भारतको अयोध्या र वनारसवाट प्रमुख कथा वाचक योगी शम्भु नाथ सहितको टोली गुल्मीको रेसुङगा पुगेर सन्त सम्मेलन गरी फर्केको छ । त्रेता युगदेखिको रेसुङगा र अयोध्या बीचको सम्वन्ध रहेको र लुम्बिनी प्रदेश सरकारले समेत रामायण कोरिडोरको अवधारणा अघि बढाएकाले यो महायज्ञले त्यसलाई टेवा पुग्ने प्रदेश योजना आयोगका पुर्व सदस्य डा. दामोदर भुसालले बताए ।
धार्मिक किंवदन्तीमा त्रेता युगमा अयोध्याका राजा दशरथकी पत्नीबाट छोराको जन्म नभएपछि रेसुंगामा तपस्या गरेर बसेका ऋषिश्रृंगा योगीद्वारा यज्ञ गराए छोरा जन्मिन्छन् भन्ने मान्यता अनुसार यज्ञ गराएपछि राम,लक्ष्मण र भरतको जन्म भएको उल्लेख छ । पछि राम, लक्ष्मण रेसुंगामा घुम्न गएका बेला पानी पोखरी बनाउन धनुष बांणले हानेर पहाड खोपेर पोखरी बनाएका हुंदा तिनलाई राम कुण्ड र लक्ष्मण कुण्ड ना राखिएको बताइन्छ ।
रामायण कोरिडोरले अयोध्यासंग जनकपुर,रेसुंगा,नवलपरासीको बाल्मिकी आश्रम, पाणिनी तपोभूमि लगायतका धार्मिक स्थलहरुलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नसक्ने अपेक्षा गरिएको डा. भुसालले बताए । भारतमा ८० करोड हिन्दु धर्मावलम्बीहरु रहेकाले उनीहरुलाई रेसुंगा र नेपालका अन्य धार्मिक स्थलमा आकर्षित गर्न महायज्ञले सहयोग पुराउने आयोजकको विश्वास छ ।
योगी शम्भु नाथले अयोध्या धार्मिक कोरिडोरले नेपाल भारत दुबै देशमा धार्मिक पर्यटन विकास हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?