© २०२३
बुटवल,६ चैत । आजबाट बंगलादेशमा सुरु हुने साफ यू १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ।
सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ। यस्तै नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा अर्को आइतबार रुससँग खेल्नेछ।
नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्ने भएकोे छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।