© २०२३
बुटवल,५ चैत । दाङमा नेकपा एकीकृत समाजवादीका जिल्ला तहका १ दर्जन नेताले पार्टी परित्याग गरेका छन् ।
नेकपा एस दाङ १ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मेटमणि चौधरी र जिल्ला अध्यक्ष सुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहित एक दर्जन नेताले उक्त पार्टी परित्याग गरेको विज्ञप्ति निकालेर जनाएका छन् ।
यसरी पार्टी परित्याग गर्नेमा चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी, मिना गुरुङ, गौरसिंह महरा, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् । उनीहरुले नेकपा एसका नेता मेटमणि चौधरीलाई आरोप लगाएका छन्।