ट्रेंडिंग:

>> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

पश्चिम नवलपरासीको खजुरा खोलामा खुलेयाम नदीजन्य पदार्थको चोरी निकासी

३० फाल्गुन २०७९, मंगलवार
३० फाल्गुन २०७९, मंगलवार

सुनवल, ३० फागुन । बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलाबाट नदिजन्य पर्दाथको अवैध रुपमा चोरी निकासी बढेको छ । कसैले पनि चासो नदिएपछि रातिमा हुदै आएको चोरी दिनदाहाडै खुलेयाम हुन थालेको छ । नदिजन्य पर्दाथ उत्खनन गरेर लैजाने गरिएपनि स्थानिय तह, सुरक्षा निकाय कसैले पनि चासो नदिएको गुनासोका बिच मंगलबार बर्दघाट नगरपालिकाका जनप्रतिनिधि सहितको टोली खोलामा पुग्दा ५ ओटा ट्याक्टरले खुलेयाम नदिजन्य पर्दाथ संकलन गरिरहेका थिए ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख रुद्रप्रकाश उपाध्याय सहितका जनप्रतिनिधि र नगर प्रहरीको टोलिले खजुरा खोला अनुगमनका क्रममा अवैध उत्खनन् गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालयको सहयोगमा ट्र्याक्टरहरू नियन्त्रणमा लिएको छ । अवैध उत्खनन्मा प्रयोग गरिएका लु ४ त २५२३,लु ४ त २२१२,लु ३ त ६१५,लु ४ त ९०९४ र लु ३ त ३३६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बर्दघाटमा बुझाईएको छ । केहि दिन अगाडी मात्रै पनि प्रहरीले दुई ओटा ट्याक्टर नदिजन्य पर्दाथ सहित नियन्त्रणमा लिएको थियो । स्थानिय केहि जनप्रतिनिधिकै मिलिमतोमा खजुरा खोला दोहन भईरहेको स्थानियको गुनासो छ । एक हप्ता अगाडी पत्रकार सहितको टोली खोलामा पुग्दा १० मिनेटको अवधिमा ५ ओटा ट्याक्टर बाट ढुंगा र बालुवा तस्करी भएको थियो । खोला दोहन हुदा पनि बर्दघाट नगरपालिकाले भने मुख्य आम्दानीको स्रोत खजुरा खोलाको टेन्डर खुलाएको छैन् ।

नदीजन्य पदार्थको व्यापक चोरी निकासी भएको गुनासो पछि यस पटकलाई खोलाको टेन्डर नखुलाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । पूर्ण रुपमा अवैध उत्खनन् रोक्नकालागी नगर प्रहरी समेत परिचालन गरिएको छ श्रेष्ठले भने, हामि चोरी हुन नदिन प्रतिवद्ध छौ ।

केहि दिन अगाडी मात्र नगर प्रमुख श्रेष्ठले जथाभावि उत्खनन् हुने भएकाले ५ वर्ष नै खोलाको टेन्डर नखुलाउने बताएका थिए । बर्दघाट नगरपालिकाले विगतमा खोलाजन्य पर्दाथको ठेक्का पट्टा बाट दुई करोड सम्म राजश्व संकलन गर्दे आएको थियो, यसपटक खोलाको टेन्डर आह्वान नगर्दा उक्त राजश्व गुम्ने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?