© २०२३
भैरहवा, ३० फागुन । भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका भीम भण्डारीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ती जारी गदैै भण्डारीले उम्मेदवार मनोनयनको सिलसिलामा भुलवश अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न पुगेकाले आफू आवद्ध संगठन अनेरास्ववियुसँगको परामर्शमा उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । नेकपा एमालेका नेताहरु खिमलाल भट्टराई, यज्ञ गैरे, हितराज पन्थी, यमराज पाण्डे लगायतका नेताहरुको उपस्थितिमा भण्डारीले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । ‘म अनेरास्ववियुको बफादार कार्यकर्ता हुँ । मबाट संगठन हितविरुद्ध कुनै पनि काम हुन सम्भव छैन ’– विज्ञप्तीमा भनिएको छ – विद्यार्थी साथीहरु भ्रममा नपरी भैरहवा बहुमुखी क्याम्पसमा सागर न्यौपाने अध्यक्ष रहनुभएको अनेरास्ववियुको सिंगो प्यानलमा मतदान गर्नुभइ विजयी गराउनुहुन अनुरोधसहित आग्रह गर्दछु ।’
स्ववियू निर्वाचन चैत ५ गते हुंदैछ ।