© २०२३
बुटवल,३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार हननको विषय उठाउँदा माओवादीले खिया लागेको हतियारको धम्की दिने गरेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित मानव अधिकारसम्बन्धी कार्यक्रममा बोल्दै पूर्वप्रधनामन्त्रीसमेत रहेका अध्यक्ष अोलीले माअोवादीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका विषयमा कुरा उठाउँदा बन्दुकको धम्की दिएको आरोप लगाएका हुन्।
अध्यक्ष ओलीले सत्तामा रहेको पार्टीले आतङ्ककारी क्रियाकलाप गरिरहेको आरोप लगाए।
बन्दुक खिइएको छैन भनेको के हो भन्ने प्रश्न गर्दै ओलीले सत्तामा हुने अनि अर्कोतिर आतङ्ककारी क्रियाकलाप पनि गर्ने भन्दै ओलीले माओवादीभित्रको डरका कारण परराष्ट्रमन्त्री डा विमला राई पौड्याललाई मानव अधिकारसम्बन्धी कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेको बताए।
अध्यक्ष ओलीले वडा सदस्य जित्न गठबन्धनले मान्छे मारेको बताए। उनले बाजुरामा आफ्ना विद्यार्थी नेतालाई वडा सदस्य जित्न गठबन्धनले हत्या गरेको आरोप लगाए।