ट्रेंडिंग:

>> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने

जनार्दन शर्माले जोगाउन खोजेका पृथ्वीबहादुर ठगी आरोपमा कारागार चलान

३० फाल्गुन २०७९, मंगलवार
३० फाल्गुन २०७९, मंगलवार

बुटवल,३० फागुन । अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो ।

एकजनासँग भने ५० हजार रूपैयाँ धरौटी मागिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि २० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधमा मुद्धा दायर भएको छ । पृथ्वीको करिब २ दर्जन कम्पनीका नाममा अमेरिकाबाट डलर आएको देखिएको दावी गरिएको छ। त्यो रकम अमेरिकामा ठगी गरेर नेपाल पठाइएको अनुसन्धानबाट खुलेको थियो ।

यसअघि अमेरिकाबाट आफ्नो कम्पनीको नाममा आएको लाखौं डलर नेपाल राष्ट्र बैंकले रोकेको भन्दै शाहले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई समेत गुहारेका थिए । यही कारण शर्मा विवादमा आएका थिए ।

शाहको नाममा रहेका पे यू सेन्टरका नाममा एक लाख ८० हजार ४ सय ७५ डलर, टाइम्स टुडे पिस होलिडेका नाममा ३ लाख ५० हजार डलर, वर्ल्ड एट वर्क कन्सल्टेन्सीका नाममा २ लाख ४४ हजार ४ सय २० डलर, वर्ल्ड एक्सपर्ट एन्ड इम्पर्टका नाममा ४ लाख डलर, फोर्टिन पिक रिजर्भका नाममा २ लाख ५९ हजार ४ सय ५० डलर, वर्ल्ड फस्ट जब प्लेसमेन्टका नाममा ५९ हजार ८ सय ८२ डलर, वर्ल्ड वाइड रेमिटका नाममा ७९ जहार ५ सय २५ डलर, वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्टका नाममा ६ लाख ३ हजार ३ सय ९५ डलर, वर्ल्ड फर्स्ट होलिडेका नाममा ८ लाख ३१ हजार ७ सय २४ अमेरिकी डलर र ३ लाख ४० हजार क्यानेडियन डलर आएको दाबी गरिएको छ ।

यस्तै हन्टिङ रिजर्भ अफ नेपालका नाममा २ लाख ३० हजार ४ सय ५० डलर, माउन्टेन अपार्टमेन्टका नाममा ४ लाख २५ हजार ८ सय ३० डलर, रोयल न्यु ल्यान्डका नाममा एक लाख ९९ हजार ९ सय ७५ डलर र यु क्यास सर्भिसका नाममा ४९ हजार ४ सय ७५ डलर आएको पाइएको छ । यस्तै शाह दाजुभाइसहित ८ जना व्यक्तिको नाममा पनि पैसा आएको पाइएको छ ।

अभियोग पत्रमा दाबी गरिएअनुसार शाह नेतृत्वको समूहले ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर, १९ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ र ३ लाख ४० हजार क्यानेडियन डलर नेपाल भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?