ट्रेंडिंग:

>> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा
फ्रन्टपेज

झुम्सा–चरंगे सडकः  ‘कान’ लुकाउँदै प्रदेश सरकार

सडक बिकासको लागि भन्दा विनासको लागि निर्माण गरिएको जस्तो भएको स्थानीयको भनाइ छ । गाउँ बस्तीमा मोटर गुड्ला भन्ने ठुलो आशा थियो तर आशाको निराशा भयो स्थानिय देवसिंह घर्तीले भने, वनमा गाई बाख्रा चराउन जादा समेत पहिरोको कारण जोखिम बढेको छ ।
३० फाल्गुन २०७९, मंगलवार
३० फाल्गुन २०७९, मंगलवार

पाल्पा, फागुन
पाँच वर्ष अगाडि लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले बुटवल उप महानगरपालिकाको धागो कारखानादेखि मुढा बास चरड्डे हुदै तिनाउ गाउँपालिकाको झुम्सा खण्डको २० किलो मिटर सडक उद्घाटन गरे । उद्घाटनपछि न त मोटर गुड्यो, न त अहिलेसम्म पुर्णता पाउन सक्यो । सडकको धेरै ठाउँमा पहिरोका कारण लथालिड्ड, भताभुड्ड अवस्थामा रहेको छ ।
अत्यन्त कमजोर भुभाग ठानिने चुरे पहाडमा ठुला ठुला मेसिनको प्रयोगका कारण पहिरोको समस्याले गर्दा सडकले पुर्णता पाउन नसकेको हो । स्थानिय बासिन्दा घरेलु औजारको प्रयोग गरेर टयाक खोल्न लागेको सडकमा मेसिनको प्रयोग गर्दा पुर्व भौर्गभिक अध्ययन गर्नुपर्दथ्यो । त्यसो नगरी ठुला ठुला मेसिनको प्रयोगले गर्दा पहिरोका लागि सडक खनिदिए जस्तै बनेको छ । यसले भूक्षय त निम्त्याएको छ नै वन विनाससँगै राज्यको लगानी वालुवामा पानी हुन पुगेको छ ।
दोभान सिद्धबाबा सडकको विकल्पमा २० किलो मिटर सडक लुम्बिनी प्रदेश सरकारको राष्टिय गौरव आयोजना हो । हाल सम्म २० करोड रुपैया खर्चियो तर सडक बलियो भन्दा कमजोर हुदै गयो । घर बस्तीमा मोटर आउला भन्ने ठुलो आशा थियो तर सडक वरदान भन्दा अभिशाप बन्दै गएको स्थानिय बासीहरुको बुझाई रहेको छ ।
स्थानिय हरी बहादुर सारु भन्दछन्, सडक निर्माण हुनु भन्दा पहिले पहिरोको समस्या नै थिएन अहिले पहिरोको समस्याले गर्दा पुरा बस्ती नै जोखिममा पर्ने देखिन्छ । यो सडक बिकासको लागि भन्दा विनासको लागि निर्माण गरिएको रहेछ । गाउँ बस्तीमा मोटर गुड्ला भन्ने ठुलो आशा थियो तर आशाको निराशा भयो । वनमा गाई बाख्रा चराउन जान पनि पहिरोको कारण समस्या मात्र नभई जोखिम नै भएको स्थानयि देवसि घर्ती बताउँछन ।
गाउँमा उब्जिएको तरुल , पिडालु ,अदुवा, बेसार डोकोमा बोकेर बुटवल जान नपर्ने भयो । आफनै घरबाट मोटरमा चढेर बटौली पुगिएला भन्ने थियो तर मोटर बाटोको तामाझाम संग उद्घाटन गर्दा लाग्दथियो मोटर चढियो तर त्यसै वर्षको वर्षादमा सडक पहिराको आहार नै बनेपछि अब आफनै घरबाट मोटर चढने इच्छा कहिल्यै पुरा हुदैन स्थानिय बिरेन्द्र घर्ती बताउँछन ।
२ वटा खण्डमा बिभाजित यस सडक झुम्सादेखि चौकी भन्ज्याड्ड खण्डको ८ किलो मिटरमा २ वटा मोटरेवल, १५ मिटर चौडाइमा पक्की पुल निर्माण , ३६ सय पक्की नाली निर्माण भएको छ । ६ किलो मिटर चौडाईमा ग्राभलको कार्य पुरा भएको छ । अब पाल्पा खण्डमा बेलदमार ३५ मिटरको पुल निर्माण हुन बाकी रहेको सडक पुर्वाधार पाल्पाले जनाएको छ । पहिरोको समस्या छ नै रुपन्देही तर्फको तुलनामा क्षति कम भएको कार्यालयका प्रमुख इन्जिनियर अरुण कुमार गुप्ता बताउँछन । राष्ट्यि गौरव तथा महत्वकांक्षी योजना प्रदेश सरकारले बनायो, सिद्धबाबा सडक खण्डको बिकल्पमा नुवाकोट, बेलबास हु्दा हुदै यता योजना त बनाइयो । प्राविधिकहरुलाई यो सडक टाउको दुखाई भएको बताउँछन । पाल्पा खण्डमा सडक पुर्वाधार कार्यालय मार्फत १५ करोड रुपैया खर्चि सकेको छ । प्रारम्भिक अवस्थामा जिल्लाका सबै स्थानिय तहले १० , १० लाख रुपैया सडक निर्माणका लागि हस्तान्तरण गरियो तर अहिले सम्मको प्रगतिको नाममा सुन्य नै भयो सरकारको लगानी वालुवामा पानी जस्तै भयो । स्थानिय तहका एक प्रमुखले गुनासो पोखे ।
सडक निर्माण भन्दा पहिले भुगोलको अध्ययन नै भएन । वर्षा यामसँगै माटो बग्ने समस्या हुन्छ वातावरणिय क्षेत्रमा समेत ठुलो क्षती भयो । अव यस क्षेत्रका बस्ती नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने दिन आउन लागेको स्थानिय किसन राना बताउँछन । चुरे भन्ना साथ कमजोर भु भाग हो भनेर जान्दा जान्दै पनि ठुला ठुला मेसिनको प्रयोग गर्न हुदैनथियो । त्यसैले नै ठुलो नोक्सान गरेको स्थानिय खुमिसरा दर्लामी बताउछिन ।
रुपन्देही र पाल्पा सडक पुर्वाधार कार्यालयको प्राविधिक रेखदेखमा संचालित योजनाको रुपन्देही तर्फ बढि क्षती भएको सडक पुर्वाधार रुपन्देहीका प्रमुख लालु गिरी बताउँछन । हाल सम्म रुपन्देही खण्डको धागो कारखाना देखि चौकी भज्याङ सम्म १३ किलो मिटरमा पुल कल्भट निर्माण गर्दा सम्म २० करोड रुपैया भन्दा बढि खर्च भएको छ । मुढाबास खण्डमा यस वर्ष बाट स्थाई संरचनाको निर्माण कार्य सुरु भएको छ । यहाँ समस्या भनेको पहिरो नै हो । त्यसैले कहिले सम्पन्न हुन्छ भन्ने एकिन छैन । चरड्डेबाट ८ किलो मिटर राम्रो छ । ग्राभलको काम सकियो ,। समस्या भनेको साढे ४ किलो मिटरमा हो । पहिरोको कारण अधिकाश स्थानमा सडकको नाम नै छैन । संभाव्यता अध्ययन बिना निर्मित सडक हामीलाई टाउको दुखाईको विषय भएको कार्यालयका प्राविधिकहरु बताउँछन ।
पाल्पा खण्डमा पहिरोको कारण पुलको डिजाइन नै परिवर्तन गर्नु परेको छ । सरकारले यस सडक खण्डमा भन्दा नुवाकोट झुम्सा खण्डमा लगानी गरेको भए राज्यको लगानीले राम्रो संग सार्थकता पाउने थियो । त्यसै गरी कम लगानीमा गुणस्तर युक्त वातावरणिय नोक्सान विना मोटर गुडने थियो । सरकारले समयमा ध्यान नदिएकाले कहिल्यै पुरा नहुने सडकको निर्माण गर्नु परेको स्थानियहरुको बुझाई रहेको छ । रुपन्देही खण्डमा भुगर्भविदद्धारा परिक्षण गराएर त्यसको आधारमा काम गर्ने भनेको महिनौ भयो तर सरोकारहरुको बेवास्ताका कारण हुन नसकेको सवद्ध प्राविधिकहरु बताउँछन ।
कुटो कोदालोको प्रयोगको ठाउँमा ठुला ठुला मेसिनको प्रयोगथ हुदा वनको समेत विनाश भएको छ यस विषयमा रुपन्देहीका जनप्रतिनिधीसंग समन्वय गरी गति प्रदान गर्न सहकार्य गर्न लागेको तिनाउ सरकारका प्रतिनिधी टंक बस्याल बताउँछन । दोभान सिद्धबाबाको बिकल्पमा तत्कालिन सरकारले बेलबास नुवाकोट झुम्सालाई छनोट गरेको भए राज्यको लगानी न्युन मात्रमा खर्च हुने वातावरणिय कम क्षति हुने र महत्वपुर्ण त आम जनता तत्काल सडक उपभोग गर्न पाउने थिए उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?