© २०२३
बुटवल,३० फागुन । देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ बुँदे निर्देशन जारी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन र व्यवस्थापनमा आगामी दिनमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निर्देशन जारी गरेका हुन् ।
निर्देशनमा बेरुजु फर्छ्यौट गर्ने, बजेटको रकमान्तर गर्दा कानुनी सीमाभित्र रहेर गर्ने, सार्वजनिक खरिद नियमावलीको पालना गर्ने, स्वीकृत दरबन्दीको रिक्त पदबाहेक सरुवाको सहमति नदिने मुख्य निर्देशन रहेको छ ।