© २०२३
बुटवल,२८ फागुन । जनता समाजवादी पार्टी विरुद्ध लोसपा नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति भएको छ ।
सहमति पत्रमा तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । तीन दलको यो सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दी भएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि पनि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । यद्यपि दुवै दल १० दलीय गठबन्धनमा सहभागी छन् ।जसपाबाट दुईजनाले उम्मेदवारी दिएका छन् ।