© २०२३
बुटवल, २१ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीहरू एक हुनुपर्ने आह्वान गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी शक्तिहरू एकताबद्ध हुँदा त्यसको जवर्जस्त प्रभाव हुने बताए । माओवादीलाई एक हुन नदिन प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेको प्रचण्डको जिकिर छ । कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत अरू नेताहरू थिए ।