© २०२३
बुटवल,१८ फागुन । प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण भएको खुसीयालीमा आज बिहीबार प्रदेश भर सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले प्रदेश १ को कोसी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाइ घोषणा गरेको हो ।
हिजो भएको मतदानमा कोसी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो । कोशी नाम राख्न नेकपा एमालेले अडान लिएको थियो । एमालेको अडानमा ४ सांसद वाहेक सबै दल सहमत भएका थिए ।