© २०२३
दाङ,५ फागुन । नेपाल पन्रकार महासंघ लुम्बिनी प्रदेश समितीको तेस्रो साधारण सभा लुम्बिनी प्रदेश को राजधानी भालुवाङमा सुरू भएको छ । कार्यक्रममा नेपाल पन्रकार महासंघ केन्द्रीय महासचिब रोसन पुरी, निबर्तमान अध्यक्ष गोबिन्द आचार्य, प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष माधब अर्याल, प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटा, नेपाल पन्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरी, प्रेस चौतारीकी प्रदेस महासचिब निरू गौतम, प्रेस सेन्टरका प्रदेश अध्यक्ष मानसिङ विश्वकर्मा, प्रेस युनियन प्रदेश महासचिव नबिन गिरी लगायत १२ जिल्लाका पन्रकारहरूको सहभागिता रहेको छ । कार्यक्रममा प्रदेशमा उत्कृष्ट शाखाका रूपमा अघॉखाचीलाई सम्मान गरिएको छ । स्वर्गीय पत्रकार बिन्दु कुमार चौहान र टेक मास्की राना स्मृति पन्रकारीता पुरस्कार बुटवलका पन्रकार दामोदर खनाललाई सम्मान गरिएको छ । तेस्तै नेपालगंजका पुराना पन्रकार पन्नालाल गुप्ता स्मृति पन्रकारीता पुरस्कारबाट बांकेका पन्रकार राजेन्द्र धिताललाई
कृष्ण सेन ईच्क्षुक स्मृति पन्रकारिता पुरस्कारबाट पुर्ब रूकुमकी पन्रकार संजना कार्की र पुथा मर्चवार पन्रकारिता पुरस्कार कपिलवस्तुका पन्रकार मनिस गुप्तालाई सम्मान गरिएको छ ।
कार्यक्रममा महासचिव रोशन पुरीले पत्रकार महासंघ सदस्यता शुद्धिकरण अभियानमा रहेको र जागिरबाट निकालिएका पत्रकारहरुको पुनर्वहालीका लागि क्रियाशील रहेको बताए । उनले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिए ।
तस्वीर : विश्वास ढकाल