© २०२३
बुटवल,१३ माघ । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह आर्थिक बार्गेनिङको विषयमा विवादित बनेकी छन् । उनीमाथि पोखरा विश्वविद्यालय र सीटीईभीटी मा आर्थिक बार्गेनिङ गरेको आरोप छ । यसबारे संगठनको लेखा आयोग उपप्रमुख गम्भीर साउँदले उनीसंग स्पष्टीकरण सोधेका छन् ।
अध्यक्ष सिंहले आफूमाथि लोको आरोपको खण्डन गर्न नसकेकाले उनको भूमिका शंकास्पद भन्दै प्रष्टीकरण सोधेका हुन् ।
अध्यक्ष सिंहमाथि संगठनका उपाध्यक्ष, कोषाध्यक्ष, केन्द्रीय सदस्यहरूले पोखरा विश्वविद्यालय र सीटीईभीटीमा आन्दोलनको नाममा आर्थिक लेनदेन गर्न बार्गेनिङ गरेको बिषयले संगठनको आर्थिक पारदर्शीतामाथि गम्भीर प्रश्न उठाएको आरोप लगाउँदै आएका छन् ।
कुनै पनि कमिटीमा छलफल नगरी शैक्षिक मुद्दाहरूको तय, मुद्दाहरु उठानको प्रक्रिया र सम्बधित निकायमा प्रारम्भिकरूपमा बुझ्दा केन्द्रको निर्देशनमा चलखेल भएकै बुझिन्छ भनेर जारी भएको पत्ररविज्ञप्तिरध्यानाकर्षण ९सार्वजनिक भएको दुई पत्र उपर तपाईँ को धारणा के हो भनी पञ्चामाथि प्रश्नसमेत गरिएको छ । अखिल क्रान्तिकारीमा चरम विवाद छ । एउटा समूहले समानान्तार कमिटी सञ्चालन गरिरहेको छ ।