ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

संरक्षण गर्न गुरुयोजना

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर–६ रामजानकी मन्दिर परिषरमा रहेको प्राचिन महत्व बोकेको ताल पर्यटकिय संभावना हुँदा हुदै पनि ओझेलमा परेको छ । गाउँपालिकाले यसरी पुरात्तवीक महत्व बोकेको ताल संरक्षणको लागि विशेष चासो दिएर गुरुयोजना निर्माणको कार्य सुभारम्भ गरेको छ ।
प्राचिन किंवदन्ती अनुसार सुनको औठी लगाएका २५ देखि ४० किलो सम्मका माछाहरु पाईने तालको विचमा विशाल रामजानकी मन्दिर निर्माण सहित आन्तरिक र वाह्य पर्यटक आर्कषण गर्नको लागि योजना बनाएर अगाडी बढेको ओमसतिया गाउपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष शिव कुमार धवलले जानकारी दिए ।
उनका अनुसार जनप्रतिनिधि विहिन हुँदाको अवस्थामा धार्मिक पर्यटकीय संभावनाको क्षेत्रको रुपमा समेत रहेको मन्दिर र ताल संरक्षणमा ठोस पहल हुन सकेको थिएन । जननिर्वाचित प्रतिनिधिहरु आएपछि गाउपालिका भित्र रहेका सतिया माई मन्दिर र रामजनकी मन्दिरका साथै गाउँपालिका भित्र रहेका तालहरुका समेत गुरुयोजानमा गाउँपालिका अगाडी बढेको छ । विगतका बर्षहरुमा विस्तृत योजनाको अभावले आवश्यक काम अगाडी बढाउन नसकिएको जानकारी दिदै गाउँपालिकाका प्रवक्ता केवटले गुरुयोजनाको लागि गाउपरिषद् बाट २५ लाख रुपैयाँ समेत विनियोजना गरिएको छ । उनी भन्छन्–‘भैरहवा –परासी सडक खण्डबाट जम्मा डेढ किलोमिटरको दुरुमा रहेको ताल संगैको मन्दिरको गुरुयोजानमा निर्माणमा हामी लागेका छौ ।’
सिमसार क्षेत्रको रुपमा रहेको रामजानकी तालमा करिव २ सय भन्दा बढि प्रजातीका चराहरु समेत पाईने गरेको पाईन्छ । तालको विचमा विशाल रामजानकी मन्दिर समेत निर्माण गर्ने, छेउछाउको स्थान फराकिलो बनाएर त्यहा बच्चाहरुको लागि खेलौनाहरु, पिङ्ग, झुलाका साथै विभिन्न सेडहरु समेत निर्माण गरी आन्तरिक र वाह्यह पर्यटक बढाउने योजानमा आफुहरु लागेको वडाअध्यक्ष समेत रहेका गाउपालिका प्रवक्ता केवटले जानकारी दिए ।
२ विघा मन्दिर क्षेत्रफल र २ विघा क्षेत्रफल ताल रहेको क्षेत्रमा छठ को अवसरमा विशेष मेला समेत लाग्ने गरेको छ । यहि छठ पर्वको अवसरका यहि २६, २७ गते आयोजना हुने विशेष सास्कृतीक पर्वलाई समेत लक्षित गरेर ताल परिषरमा सरसफाई लगायतका कामहरु गरिएको छ । मन्दिरको तल, जमिन मुनी रहेका विभिन्न ठुल–ठुला भ्वाङ्गहरुमा अहिले पनि ३० देखि ४० किलो सम्मका माछाहरु पाईने गरेको स्थानियहरु बताउछन् । मन्दिरमा छठ पर्वको अवसरमा सास्कृतीक कार्यक्रम समेत गाउपालिकाले आयोजना गर्दै आएको छ । यस बर्ष पनि त्यसलाई निरन्तरता दिने जनाइएको छ ।
भविश्यमा ओम सतिया गाउपालिका रहेका दुई वटा सतिया माई मन्दिर र रामजनकी मन्दिरलाई पर्यटकीय स्थलको रुपमा अगाडी बढाउने गरी कार्य अगाडी बढाइएको गाउँपालिकाका अध्यक्ष हिरा बहादुर केवटको भनाई रहेको छ । प्रचिन काल देखि रामजानकी मन्दिर परिषरका रहेका तालका रहेका माछाहरु कसैले पनि खाने गदैनन्, जहाँको माछा मारेर खाएमा पाप लाग्ने किंवदन्तीका अनुसार स्थानियहरुले माछा संरक्षण गरेर राखेका छन् । खासगरी साँझको समयमा माछाहरु बाहिर समेत देखिने गरेको स्थानियले बताए । यस्तै ताल परिषरमा रहेको मन्दिरमा नागहरु समेत बेला बेलामा देखिने गरेका छन् । कसैलाई नि ति नगले हाल सम्म डसेको पाइएको छैन ।
वडा नम्बर ६ का वडा सचिव बलराम श्रेष्ठका अनुसार गाउँपालिकाको योजना अनुसार नै अहिले ताल संरक्षणको कार्य अगाडी बढाइएको छ । तालको विचमा अलि ठुलो आकारमा रामजनकी मन्दिर निर्माण गर्नुृको साथै हालको अवस्थामा रहेको रामजनकी मन्दिरको स्तर उन्नती सहित ताल परिषरमा विभिन्न खेल्ने झुलाहरु समेत निर्माण गर्ने योजना अगाडी बढाइएइको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?