ट्रेंडिंग:

>> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई

लुम्बिनी प्रदेशः मन्त्रिपरिषद बिस्तारअघि संसदीय समिति

६ माघ २०७९, शुक्रबार
६ माघ २०७९, शुक्रबार

बुटवल, ६ माघ ।

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद बिस्तार गर्नुअघि संसदीय समिति गठन गरिने भएको छ ।

मन्त्रीहरुका आकांषी धेरै भएका कारण व्यवस्थापनमा सहज होस् भनेर त्यसअघि संसदका विषयगत समितिलाई पूर्णता दिने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ ।

करिव सात राजनिितक दलको समर्थनमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरीले अझै मन्त्रिपरिषद बिस्तार गर्न सकेका छैनन् । बिहीबार मात्रै विश्वासको मत लिएका उनले मन्त्रिपरिषद बिस्तारका लागि सत्ता साझेदार दलहरुसँग छलफल गरेपनि अझै सहमति जुटाएका छैनन् । त्यसअघि नै संसदीय समितिलाई पूर्णता दिएपछि मन्त्रिपरिषद बिस्तारमा सहज हुने उनको अनुमान छ ।

मुख्यमन्त्री चयन भएदेखि मन्त्रालयको संख्या घटाउने दाबी गर्दै आएका गिरीलाई अहिले मन्त्री पदका आकांक्षी व्यवस्थापनमा समस्या भएको छ । आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भएको सत्तारुढ दल एमालेका एक नेताले बताए ।

विषयगत समितिलाई पूर्णता दिएपछि मन्त्रीका आकांक्षी कम हुने मुख्यमन्त्रीको विश्लेषण छ । लुम्बिनी प्रदेश सभामा ६ वटा विषयगत समिति छन् । प्रदेशसभामा एक विशेषाधिकार समिति रहेको छ । ७ विषयगत समितिमा सत्तापक्षका कम्तीमा ६ जना सभापति चयन हुने छन् । यस्ता समिति सभापतिले सरकारी सेवा सुविधा पाउँछन् ।

लुम्बिनी प्रदेशसभामा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानुन, सामाजिक विकास र कृषि, वन तथा वातावरण समिति छन् । प्रदेश सभामा विशेषाधिकार समिति गठन गर्न सकिने व्यवस्था छ । विशेषाधिकार समितिमा बढीमा ११ र अन्य समितिमा बढीमा १५ जना सदस्य रहने व्यवस्था छ ।

प्रदेश सभा नियमावली २०७९ को नियम १५० को उपनियम २ अनुसार समितिमा सभामुख, उपसभामुख, मन्त्री र विपक्षी दलको नेता सदस्य हुन पाउने छैनन् । एक समितिमा बसेको सदस्य अर्को समितिमा सदस्यकै रुपमा बस्न पाउने छैनन् । तर, छलफलमा सहभागी हुन भने सक्ने छन् ।

प्रत्येक समितिका सदस्य मध्येबाटै बहुमतले सभापति चयन गर्ने व्यवस्था छ । सरकारलाई समर्थन विभिन्न ७ दल र २ स्वतन्त्रसहित ५७ जनाको रहेको छ । समिति सभापति चयन पछि मन्त्रीको आकांक्षी घट्ने र मन्त्रिपरिषद विस्तारमा सहज हुने मुख्यमन्त्री गिरीको विश्लेषण छ ।

‘एमालेभित्रै धेरै आकांक्षी छन्, अन्य सत्ता साझेदार दल र स्वतन्त्र पनि मन्त्री हुन चाहेका छन्’, मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘यसले मुख्यमन्त्रीलाई मन्त्रिपरिषद विस्तारमा सकस हुने देखिन्छ ।’ मुख्यमन्त्री गिरीले अझै पनि मन्त्रालय संख्या घटाउन चाहेका छन् ।

सपथ लगत्तै १३ मन्त्रालयबाट घटाएर मन्त्रालय संख्या १२ बनाउने निर्णय गरेका उनले त्यो संख्या १० सम्म झार्न चाहेका छन् । तर, आकांक्षी धेरै हुँदा मुख्यमन्त्रीलाई मन्त्रालय घटाउन र आकांक्षी व्यवस्थापनमा समस्या भएको छ । सत्ता साझेदार दलहरुमा पनि सबैजसो प्रदेशसभा सदस्यहरु मन्त्री बन्न दौडधुपमा रहेको माओवादीका एक सांसदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?