ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

दाङमा अवैध क्रसर उद्योग बन्द गर्न प्रशासनको निर्देशन

२३ पुष २०७९, शनिबार
२३ पुष २०७९, शनिबार

दाङ,२३ पुस । दाङ जिल्लाभित्र अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । प्रशासनले एक सूचना जारी गर्दै त्यस्ता क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले अबैध क्रशर बन्द गर्न सबैलाई लिखितरुपमा पत्राचार गरिएको बताए । उनले कानुन बिपरितक सबै क्रशर अब बन्द हुने बताए । दाङमा बालुवा धुने वासीङ मेसिनको नाममा अबैधरुपमा क्रशर मेसिन चल्ने गरेका छन । सडक, खोलाकै बिचमा धेरैजसो क्रशर सन्चालीत छन ।

प्रमुख जिल्ला अधिकारी रेग्मीद्वारा जारी सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु तत्काल बन्द गर्न निर्देशन गरिएको छ ।

यस्तै, विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चलानमै रहेका उद्योगहरु बन्द गर्न प्रशासनले व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

साथै प्रशासनले आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योगरनिर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायलाई समेत यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।

प्रचलित कानूनबमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई सम्बन्धित कागजात प्रशासनमा पेश गर्न भनिएको छ । सूचना उल्लंघन गरे कारबाहीको चेतावनी दिइएको छ ।

केही दिनअघि देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले अवैध क्रस बन्दको निर्देशन दिएको थियो । धेरैजसोले आर्थिक चलखेल गरेर खोल्न दिइने गरेको भन्दै ब्याबहारिकरुपमा कार्यान्वयनमा आउन समस्या रहेको शंका ब्यक्त गरेका छन । बिगतमा पनि क्रशर बन्द गर्ने धम्कि दिएर पैसा उठाउने र पछि सन्चालन गर्न दिइएको प्रशस्त उदाहरण छन् । अबैध क्रसरमा सांसद, राजनितिक दलका नेता, जनप्रतिनिधी, कर्मचारिहरुकै लगानी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?