ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

पत्रकारिता सँगसँगै…

८ आश्विन २०७५, सोमबार
८ आश्विन २०७५, सोमबार

सबिन प्रियासन
अध्यक्ष, नेपाल पत्रकार महासंघ, दाङ
पत्रकारिता तथा साहित्यमा सबिन प्रियासन परिचित नाम हो । घोराही उप महानगरपालीका १५ मिलनचौक घर भएका प्रियासनको बास्तविक नाम भने सविन कुमार चौधरी हो । बुबा जीतबहादुर चौधरी र आमा कृष्णकुमारी श्रेष्ठको कोखबाट उनको जन्म २०३६ साल बैसाख १ गते भएको थियो । उनको प्रारम्भीक शिक्षा घोराहीकै सरस्वती निम्न माध्यामिक विद्यालय काठेकोलबाट सुरु भएको थियो । माध्यामिक तहको अध्ययनका लागि उनी पद्योदय पब्लिक नमुना माध्यामिक विद्यालय भरतपुर पुगे । एसएलसीपछि उनी सिभिल ईन्जीनियरीङ विषय अध्ययनका लागि दाङ, काठमाडौं लगायतका ठाउँमा पुगे । सिभिल ईन्जीनियर विषय अध्ययन गरेर प्रियासन दाङ फर्के । २०५८÷६० साल तिरबाट उनलाई साहित्य र पत्रकारीताको मोहले छोयो । दाङको घोराहीवाट प्रकाशित हुने गाउँघर सात दिने पत्रिकामा उनले काम गर्न सुरु गरे । पत्रिकामा काम गरेपनि उनलाई साहित्यले पछ्याउन छाडेन । कथा, उपन्यासहरू लेख्न त्यतिवेला देखी नै सुरु गरेको प्रियासन बताउँछन् ।
गाउँघर सातदिनेमा काम गर्दागर्दै उनी नयाँ युगबोध दैनिक पत्रिकामा संवाददाताको रूपमा काम गर्न पुगे । दैनिक पत्रिकामा काम गर्दा उनको पत्रकारीता अझै निखारीयो । साहित्यमा पनि उनी उत्तीकै लगनशिल भएर लाग्दै थिए । पत्रकारीताको सुरु गर्दाकै समयमा उनको पहिलो साहित्यीक कृति “रोदनपछिको” उपन्यास बजारमा आईसकेको थियो । केही समय युगवोध दैनिकमा कामगरेपछि उनी दाङबाटै प्रकाशित हुने राप्ती समाचारको विभिन्न पद हुँदै सम्पादक हुन पुगे । कलमको माध्यमबाट आवाज बिहिनहरूका आवाज बनेर जिल्लामा स्थापित भए पत्रकार सविन प्रियासन । उनको लेखन यात्रामा निखारता आउँदै गर्दा उनको अर्को कृति “सपना भित्रको सपना” कथा संग्रह र उपन्यास “भुमरी” पनि प्रकाशीत भैसकेको थियो । २०६५ सालमा उनी गणतन्त्र दैनिकको प्रकाशक सम्पादक भएपछि उनी राप्ती समाचार र युगवोध दैनिकवाट विदा भए । पत्रकारितासँग सम्बन्धित संस्थाहरूको जिम्मेवार पदमा पुगेपछि प्रियासनको साहित्यीक यात्राले बिश्राम लियो । करीव आठ वर्षजति प्रियासन पत्रकारितामा क्रियाशिल बने । त्यसपछि प्रियासन २०७३ सालबाट पुनः साहित्यमा फर्किए । अर्थात उनको साहित्यमा पुनरागमन भयो । उनी “पुनरागमन” नामक उपन्यास लिएर साहित्यीक फाँटमा पुनः उदाए । त्यसपछि प्रियासनका लगातार हालसम्म चारवटा उपन्यास प्रकाशित भएका छन् । उनले “पल्लवी, “सहनशिला” र हालै ‘सेल्फी’ उपन्यास लिएर यतिबेला पाठकहरूको माझ उपन्यास लेखनका हिरोकारूपमा देखा परेका छन् । “पत्रकारीता र साहित्य क्षेत्र दुवै एक अर्काका परिपुरक भएकोले अहिले सम्म यात्रा सुखद छ” भन्छन् साहित्यकार तथा पत्रकार सविन प्रियासन ।
“आमाको सपना छोरो ईन्जीनियरिङ फिल्डमा जमेर धेरै पैसा कमाई सुख देला भन्ने थियो होला तर मैले धेरै पैसा नभएपनि नाम कमाएको छु, यसैमा सन्तुष्ट छु” प्रियासनले भने । पत्रकारीतामा लाग्दै गर्दा र साहित्यमा कलम चलाउदै गर्दा उनको “सपना भित्रको सपना” नामक कथा संग्रह समेत प्रकाशित भएको छ । त्यसैगरी पत्रकारीता क्षेत्रसंग सम्वन्धीत रहेर उनले “सम्पादकिय” नामक पुस्तक समेत प्रकाशित गरीसकेका छन् । पत्रकारीता तथा साहित्यको माध्यमबाट उनले समाजलाई सुसुचित बनाईरहेका छन् । साहित्य लेखनको यात्रामा उनी राप्ती साहित्य परिषद्को केन्द्रिय महासचिव सम्म भएका थिए । त्यसैगरी पत्रकारीतामा प्रेस चौतारी नेपाल दाङको दुई पटक अध्यक्ष, केन्द्रिय सदस्य तथा राप्ति क्षेत्रको ईन्चार्ज हँुदै केन्द्रिय उपाध्यक्ष तथा पाँच नं. प्रदेशको ईन्चार्ज सम्म भएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको दुई पटक सचिव तथा अहिले अध्यक्षको भुमिका निर्वाह गरीरहेका प्रियासनको अहिले भर्खरै केही दिन अघि “सेल्फी” नामक उपन्यास बजारमा आएको छ । घोराही उप महानगरपालीका १७ निवासी बन्दना डिसीको बास्तविक जिवन संघर्षलाई सेल्फीमा उतार्न सफल प्रियासनले धेरै जसो बास्तविक कथामा आधारित पुस्तकहरू लेख्ने र प्रकाशित गर्दै आएका छन् ।
प्रियासनले चर्चित नायिका नम्रता श्रेष्ठको जीवनमा आधारित रहेर नोभेल नम्रता निकाल्ने तयारी पनि गरिरहेका छन् । यस बाहेक प्रियासनले यसैवर्ष ब्रेकअप डायरी र पल्लवीको दोस्रो भाग लक्कीचार्म उपन्यास निकाल्ने तयारी गरिरहेका छन् । राप्तीमै छोटो समयमा सबै भन्दा धेरै उपन्यास लेख्ने र निकाल्ने उपन्यासकारकारूपमा चिनिएका प्रियासनसँग दश दिनमै उपन्यास लखेर महिना दिनमै पाठकहरू माझ पु¥याएको अनुभव पनि छ । ५० हजार शव्दको हाराहारीमा उपन्यासको कथा बस्तु तयार पार्दा राम्रो हुने प्रियासन बताउँछन् । आफूले सक्दासम्म वर्षमा तीन वटा उपन्यास निकाल्ने योजना बनाएका प्रियासन फरकफरक विषय बस्तुमा आधारित रहेर उपन्यास निकाल्ने उपन्यासकारमा पर्छन् । सन्देशमुलक सामाजिक उपन्यास लेखि रहेका प्रियासनका कृतिहरूमा मायाप्रेम, समाजका यथार्थ विषय बस्तुहरू पनि समेटिएका छन् । सरल भाषामा सलल बगेको कथा वस्तुसहितको उपन्यास पाठकहरू माझ पस्कने भएकाले प्रियासनले निकालेका सबै उपन्यासहरूले राम्रो बजार लिएको पुस्तक पसल सञ्चालकहरूको भनाइ छ । जनता बुकका सञ्चालक राजकुमार गुप्ताका अनुसार प्रियासनका उपन्यासहरू नाम चलेका उपन्यासकार सरह बजारमा बिक्ने गरेको छ । यति मात्र होइन, दाङका पुस्तकालयहरूमा सबै भन्दा धेरै प्रियासनका उपन्यासहरू नै पढ्ने गरिएको राप्तीकै सबै भन्दा पुरानो सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम बताउछन् ।
साहित्य र पत्रकारितामा जमेर लागेका प्रियासनले पत्रकारितातर्फ दर्जन बढि पुरस्कार पाइसकेका छन् भने साहित्य तर्फ पनि उनले धेरै नै पुरस्कार पाएका छन् । पत्रकारीता तथा साहित्यीक यात्राकै क्रममा उनले झापा जील्लावाट सुशीला शीवाकोटीसंग प्रेम विवाह गरे । अहिले उनको एउटा छोरा पनि छ । घरपरिवार, पत्रकारीता तथा साहित्य तथा समाजका लागि उनले कसरी समयलाई व्यवस्थापन गर्छन् होला भन्ने प्रश्न उनका समकक्षीहरूले गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?