© २०२३
बुटवल, १६ मंसिर । नवलपरासीको बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी सांसदहरुलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित विनोद चौधरी, प्रदेश सभा सदस्यद्धय देवकरण प्रसाद कलवार सन्तु र बिश्वप्रेम पाठकलाई संयुक्त रुपमा सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य चौधरीले यस क्षेत्रको चौतर्फी बिकासमा आफु दिन रात नभनिकन संधैभरि क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गरे ।
मल बितरण सुरु
यसैबीच सांसद विनोद चौधरीको पहलमा जिल्लामा आएको रासायनिक मल बितरण सुरु भएको छ । सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत रासायनिक मल ल्याउन पहल गरेका थिए ।
सो अन्तर्गत जिल्लामा प्राप्त भएको ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकामा वितरण गर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्तोष चौधरीले जानकारी दिए ।
पहिलो चरणमा सुस्ता प्रतापपुर र सरावल गाउंपालिकामा मल वितरण गरिने छ भने दोस्रो चरणमा अन्य पालिकामा रासायनीक मल वितरण गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । निर्वाचित भएपछि सांसद चौधरीले जनजिवीका संग सम्वन्धीत समस्या समाधान गर्ने उद्देश्यले जनसम्पर्क कार्यालय स्थापना गरिसकेका छन् ।