© २०२३
बुटवल,१६ मंसिर । धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थी र अभिभावकले आन्दोलन चर्काएका छन् । ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थानीय पनि आन्दोलित भएका छन् ।
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो ग्रेडरले चेतना साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले हिजो साझ देखि अर्को सूचना जारी नहुदा सम्मको लागि निषेधाज्ञा लगाएको छ ।
विद्यार्थीले निषेधाज्ञामै आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल भएको छ भने केही विद्यार्थी पक्राउ परेका छन् ।