© २०२३
कपिलवस्तु, १५ मंसिर । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चल्दै गर्दा नेपालका लागि बेलायती राजदुत निकोला पोलिट कपिलवस्तु आएकी छन् । बेलायत सरकारले बिभिन्न संघ संस्थाको सहकार्यमा महिला हिंसा बिरुद्ध सञ्चालन गरेका कार्यक्रमको प्रभावकारिता अध्ययनका लागि राजदुत पोलिट सहितको ३ सदस्यीय टोली कपिलवस्तु आएको हो । टोलीमा राजदुत पोलिट सगै राजदुतावासकी मानव अधिकार सल्लाहकार आकृती घिमिरे र सञ्चार अधिकृत उत्सव शाक्य सहभागी थिए । राजदुत पोलिटले कपिलवस्तु नगरपालिका वडा नम्बर १ बसपार्कमा रहेकी एक हिंसा प्रभावित महिलाको अवस्था बुझेकी थिईन । सोही वार्डको राजपुरकी ती महिलालाई बिगतमा बेलायती राजदुताबासको सहयोगमा सञ्चालन गरिएको भिएसओ परियोजना अन्तर्गत स्थानिय साझेदार संस्था मधेस मानव अधिकार गृह (माहुरी होम) ले खुद्रा पसल सञ्चालनका लागि आर्थिक सहयोग गरेको थियो । महिला हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा कपिलवस्तु जिल्लामा आएको राजदुत पोलिटले बताईन । बेलायती राजदुतावासले हिंसा प्रभावितको अवस्था परिर्वतनका लागि काम गर्दै आएको प्रष्ट्याउदै लुम्बिनी प्रदेशका बिभिन्न स्थानमा रहेका हिंसा प्रभावितलाई बिभिन्न आयआर्जनका कार्यमा सहयोग पुराएको उनको भनाई थियो । समाजमा हुने जातिय बिभेद, लैङ्गिक हिंसा, द्वन्दका कारण हुने हिंसा र शोषण बिरुद्ध १६ दिने अभियानका अवसरमा अधिकारमुखी सचेतना प्रवाह गरिदै आएको उनले जनाईन । हिंसा रोक्ने कार्यका साथै प्रभावितलाई क्षतिपुर्ति, महिला र बालबालिकामा माथी कार्यस्थलमा हुने हिंसा रोक्न भुमिका खुल्नु पर्नेमा उनले जोड दिईन । हरेक बर्षको नोभेम्बर २५ देखी डिसेम्बर १० सम्मको १६ दिनको अबधीमा नेपाल सहित बिश्वभर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन हुने गरेको छ । यो अवधीमा बिभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिने गरेको छ ।