© २०२३
बुटवल,१५ मंसिर । मतगणना जारी रहेका स्याङजा २ र सुनसरी ४ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । स्याङ्जा २ को मतगणनामा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन् ।
अर्यालले २हजार ३०४मत पाउंदा नेपाली काङ्ग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।
यस्तै सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पार्दै नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कार्की भन्दा एमालेका कुसियत २७ मतले अगाडि छन् ।
जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ९६६ मत पाउँदा कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् ।