© २०२३
बुटवल,१३ मंसिर । सैनामैना नगरपालिकाको रामापुर कलौनीमा साझा स्याटलाइट पोलिक्लिनिक र साझा हस्पिटल बुटवल प्रालिको संयुक्त आयोजनामा बृहत निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । शिविरको सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र शर्मा,वार्ड अध्यक्षहरु रामप्रसाद अधिकारी, गोपाल पोख्रेल, राजु चौधरी लगायतले नि:शुल्क स्वास्थ्य शिविरले सर्वसाधारण नागरिक लाभान्वित हुने बताए । साझा अस्पतालका अध्यक्ष गोबिन्द खनालले ग्रामीण क्षेत्रका सर्वसाधारणमा स्वास्थ्य जनचेतना जगाउन र आर्थिक अभावमा सामानय रोगको उपचार गर्न नपाएको गाउंमै उपचारका लागि तीन दिने शिविर आयोजना गरिएको बताए ।
शिविरमा महिला तथा प्रसुति रोग विशेषज्ञ डा. प्रदीप श्रीवास्तव,हाडजोर्नी विशेषज्ञ डा. लक्ष्मण शर्मा,बालरोग विशेषज्ञ डा एन्जिला भण्डारी, शल्य चिकित्सक सर्जन डा. सागर रिमाल,एनेस्थेसिया डा. विश्वास भण्डारी लगायतले पांच सय जना भन्दा धेरैको स्वासथ्य चेकजांच गरी परामर्श दिएका थिए । चेकअप गराएकाहरुको ल्याब परीक्षणमा पनि भारी छुट र कतिपय नि:शुल्क गरिएको अस्पतालका सञ्चालक डीपी खनालले बताए ।