© २०२३
बुटवल,१३ मंसिर । काठमाडौंको थापाथलीका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई उचित वैकल्पिक व्यवस्था गर्न अखिल नेपाल सुकुम्बासी संघ,लुम्बिनी प्रदेश समितिले माग गरेको छ । संघका प्रदेश अध्यक्ष यमलाल तिवारीले विज्ञप्ति जारी गर्दै बस्तीमा विना विकल्प जबरजस्ती डोजर लगाउने कार्य, कानुनी राज्य र नितिको वर्खिलाप रहेको भन्दै संघले यस्तो अमानवीय कार्यको घोर विरोध र घोर निन्दा गरेका छन् । वास्तविक भुमिहिन तथा वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई पहिचान गर्न र समाधान गर्न राष्ट्रिय भुमि आयोग र काठमाडौ महानगरको सम्झौता भईसकेको अवस्थामा सत्ता र शक्तिको आडमा उठिबास लगाउने कार्य तत्काल रोक्न र महानगर, राष्ट्रिय भुमि आयोग, सुकुम्बासी प्रतिनिधि र सरोकार वाला तत्काल वार्तामा वसेर उचित विकल्प निकाल्न संघले माग गरेको छ । जबसम्म भुमि आयोग र महानगरले भुमिहिन, सुकुम्बासी , अव्यवस्थित वसोवासीको पहिचान र न्यायोचित विकल्प तथा व्यवस्थापन गर्न सक्दैन तब सम्म थापाथली लगायत कुनैपनि भुमिहिन,सुकुम्बासी वस्ती जबरजस्ती हटाउने कुचेष्टा नगर्न संघले काठमाडौं महानगर र अधिकार सम्पन्न वागमती एकीकृत सभ्यता लाई अनुरोध गरेको छ । भुमिहिन,सुकुम्बासी, अव्यवस्थित हरुका न्यायका लागि उठेका आवाजहरुलाई कुल्चिने प्रयास भए यसको विरुद्ध अधिकारको रक्षाको लागि शसक्त आन्दोलन र कडा प्रतिकारमा उत्रिन वाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।