© २०२३
बाँके, १३ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताएका छन् ।
नेपालगञ्जमा सोमबार पत्रकारसँग कुरा गर्दै राठौरले पार्टी कार्यकर्ताले महामन्त्री गगन थापालाई संगठन बनाउनका लागि मत दिएको विर्सन नहुने बताउँदै प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाव दिए । राठौर पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट हुन् । गगन थापाले आफू प्रधानमन्त्रीको उम्मेदवार भएको बताउंदै आएका छन् । उनै थापालाई काउन्टर दिन राठौरले यस्तो बताएको कांग्रेसभित्र चर्चा छ ।
प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति प्रक्रियासँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्यलाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत बताए ।