© २०२३
बुटवल,१३ मंसिर । मधेश प्रदेशको धनुषा जिल्ला क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठ विजयी भएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।
महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।