ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

रुपन्देही १ को समानुपातिक मत गणनामा धांधली भयो : एमाले

१२ मंसिर २०७९, सोमबार
१२ मंसिर २०७९, सोमबार

बुटवल,१२ मंसिर । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको मत गणनामा धांधली भएको भन्दै नेकपा एमालेले पुनः गणना गर्न माग गरेको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले मतगणनामा नियोजितरुपमा धांधली भएको प्रमाणहरु रहेको दावी गर्दै पार्टीले पुनः मतगणनाको माग गरेको बताए ।

यस्तो छ एमालेको धारणा  : 
ओमसतिया वडा नं. ६ (ख), केरवानी (क), तिलोत्तमा वडा नं. ९ गौतमबुद्ध शिशु सदन आ.वि., (क) देवदह वडा नं. ६, युगज्योति (ख), तिलोत्तमा वडा नं. ८ ज्योति मावि (घ), ओमसतिया वडा नं. १ ठुटीपिपल मावि (ख), देवदह वडा नं. ३ केरवानी मावि (ख), देवदह वडा नं. १० सिता मावि (क), देवदह वडा नं. १२ सिक्टहन (ख) समेतका जम्मा ९ वटा बाकसको मतपेटिका जाँच गरेको मुचुल्कामा मतदाता संख्या जम्मा ५,७४६ उल्लेख भएकोमा मतगणना फारममा ५७३ मत संख्या थपी ६,३१९ उल्लेख गरेको देखिएको छ । साथैं विवरण उल्लेख गर्दा केरमेट गरिएको, एक÷एक सयको मुठ्ठा गणना गर्ने प्रक्रिया विपरीत एकै पटक १९१ चढाइको, आधिकारिक गणकको अंक, अक्षर र मसी फरक रहेको, मतगणना फारमका सम्पूर्ण विवरण नभरिएको, दलहरुले पाएको वास्तविक मत संख्यालाई केरमेट गरी थप गरी सच्चाइएको पाइएको छ । मतगणनाका क्रममा गरिएका यस्ता गम्भीर लापरवाहीको विषयमा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुसँग कुरा राख्दा आधिकारिक कर्मचारीले नै असामन्य व्यवहार प्रदर्शन गरेको, मुचुल्का फारम रुजु गरी सही गर्छु भन्दा रुजु गर्न दिन इन्कार गरिएकाले नियोजित रुपमा मतपरिणम फरक पार्ने काम भएको स्वत पुष्टी हुने देखिन्छ ।
माथि उल्लेख गरिएको दृष्टान्तबाट निर्वाचन क्षेत्रभित्रका अन्य मतदान केन्द्रको मतगणनामा पनि यस्तै प्रकृतिको गम्भीर र नियोजित लापरवाही हुन सक्ने हामीहरुको आशंका छ । यसर्थ प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना कार्य निर्वाचन सम्बन्धी ऐन, नियम, निर्देशिका विपरीत गरेकाले त्यसलाई सच्चाई सम्पूर्ण रुपमा पुनः मतगणना गर्न हाम्रो पार्टी नेकपा एमाले माग गर्दछ । हामीले मतगणनाको सन्दर्भमा देखिएको यस प्रकारको नियोजित र चरम लापरवाहीको विषयमा पार्टीको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा मिति २०७९ मंसिर ११ गते लिखित रुपमा प्रमाण सहित निवेदन पेश गरेको समेत जानकारी गराउन चाहान्छौं । जनताले दिएको अभिमतको सही ढंगले गणना हुनुपर्छ भन्ने हामीहरुको स्पष्ट मान्यता छ । कुनै पनि बाहानमा जनताको अभिमतलाई अन्यथा गराउने अधिकार कसैलाई छैन । मतगणना नियमसंगत हुनुपर्छ भन्ने प्रति हाम्रो पार्टी दृढ छ ।

पत्रकार सम्मेलनमा का सचिव एवं सो क्षेत्रबाट निर्वाचित सांसद छविलाल विश्वकर्माले मतगणनामा धांधली भएको प्रमाण भेटिएकाले पुनः गणना हुनुपर्ने माग गरे । उनले रुपन्देहीमा मात्र नभई अन्यत्र पनि समानुपातिक मत गणनामा धांधली भएको बताए ।
निर्वाचन अधिकृतको कार्यालयका प्रमुख श्याम श्रेष्ठले पुन मतगणनाको निवेदन अनुसार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्र लेखेर पठाउन लागेको र केन्द्रबाट आउने निर्देशन अनुसार आफूहरु अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?