ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

विष्णुलाई आच्छु आच्छु पारेका गणेश : दल फेर्दै हिंड्ने अस्थिर र महत्वाकांक्षी पात्र

११ मंसिर २०७९, आईतवार
११ मंसिर २०७९, आईतवार

बुटवल,११ मंसिर । रुपन्देही क्षेत्र नं २ लाई नेकपा एमालेको किल्लाका रुपमा लिइन्थ्यो । यो क्षेत्रमा लगातार ३ वटा चुनाव जितेका पार्टी उपाध्यक्ष विष्णु पौडेलले २०७० को चुनावमा तत्कालीन माओवादी नेता एवं पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत फराकिलो मतान्तरले पराजित गरेका थिए । २०७४ को चुनावमा पौडेलले नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीलाई २२ हजार बढी मतान्तरले पराजित गरेका थिए । त्यसपछि यहां पौडेललाई नेपाली कांग्रेसले समेत एक्लै चुनौति दिने अवस्था थिएन । अर्थमन्त्री हुंदा रुपन्देहीमा ठूला ठूला पुर्वाधार आयोजनामा अरबौं वजेट ल्याएर विकासे नेताको छवि बनाएका पौडेलले यसपटकको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई पनि पराजित गर्ने विभिन्न सर्वेक्षणले प्रक्षेपण गरेका थिए ।

तर मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य चुनावको मतगणनाको प्रारम्भिकदेखि अन्तिमसम्मको नतिजाले विष्णु पौडेललाई एक ‘अपरिचित र ‘लो प्रोफाइल’ युवकले कडा टक्कर दिंदै आच्छु आच्छु पारे ।
१५ हजार मत गणना हुंदासम्म विष्णु पौडेल र सत्ता गठबन्धनलाई पछाडि पार्दै अग्रता लिएका र अन्तिमसम्म विष्णुको जितमा तगारो बनेका २९ वर्षिय युवा हुन् – गणेश पौडेल । मतदानअघि निकै फराकिलो मतान्तरले जित्ने अनुमानहरु भएपनि विष्णु पौडेलले गणेश पौडेललाई १ हजार ३ सय ६६ मतको झिनो अन्तरले मात्रै पराजित गर्न सके । विष्णुले २७ हजार १ सय ४७ मत ल्याएर विजयी हुंदा गणेशले २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका थिए । जबकि विष्णुले अघिल्लो चुनावमा बलियो संगठन भएको कांग्रेसका युवराज गिरीलाई २२ हजार मतान्तरले जितेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह लिएर उम्मेदवार बनेका उनी मतदातामाझ खासै परिचित अनुहार होइनन् । तर उनै युवकले ७ दल सम्मिलित सत्ता गठबन्धन र बुटवलमा बलियो संगठन भएको एमालेका शक्तिशाली उम्मेदवारको विजय यात्रामा ब्रेक लगाउने हुन् कि भन्ने खतराको घण्टी मतगणना नसकिंदासम्म बजाइरहे ।
गणेश पौडेल न कुनै स्थापित ठूलो दलका उम्मेदवार हुन न आफ्नो निर्वाचन क्षेत्रमा करोडौं बजेट पारेर उल्लेख्य काम गरेर पहिचान बनाएका व्यक्तित्व नै । अर्घाखांचीको छत्रदेव गाउंपालिकामा स्थायी घर भई बुटवल १२ नयांगाउंमा बस्दै आएका पौडेलको विगत केलाउने हो भने उनी राजनीतिक र वैचारिकरुपमा अस्थिर रहेको देखिन्छ ।

विगतमा एमाले निकट विद्यार्थी संगठनमा आवद्ध उनी एमाले र माओवादी एकता भएर नेकपा बनेका बेला रेसुंगा वहुमुखी क्याम्पस स्ववियुको उपसभापति भएका थिए । नेकपा विभाजनपछि उनी एमाले छाडेर विप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश गरे । तर त्यहां पनि उनी धेरै समय टिकेनन् र विप्लव समूह छाडेर विवेकशील साझा पार्टी प्रवेश गरेर रुपन्देही जिल्लाको सचिव बनेको  पुर्व विवेकशील साझा पार्टीका नेता सुदन ज्ञवाली बताउंछन् । तर गणेश २ महिनापछि विवेकशील साझा पार्टी पनि छाडेर केही समय भरत दाहाल नेतृत्वको राष्ट्रिय जागरण अभियानमा जोडिएको ज्ञवाली बताउंछन् ।

प्रतिनिधि सभा चुनावको केही समय अगाडि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरे । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएका बालेन शाह र हर्क साम्पाङले जितेको देखेका उनले लौरो चुनाव चिन्ह भएको हाम्रो नेपाली पार्टीको उम्मेदवार भएर चुनाव लड्न चाहेका तर हाम्रो नेपाली पार्टीले कमल भुसाल निकोलसलाई उम्मेदवार बनाएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका उनलाई नजिकबाट चिन्ने सुदन ज्ञवालीले बताए ।

उम्मेदवारी दर्तापछि खासै चर्चा नपाएका उनले सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीपछि आफूलाई समर्थन गर्न आग्रह गर्दै पत्रकार सम्मेलन पनि गरे । चुनावको मुखसम्म कुनै चर्चा नभएका उनले चर्चामा आउनकै लागि आफू बस्दै आएको घरको अगाडि शंकास्पद वस्तु राखेर बम राखेको हल्ला आफैले फैलाएको अन्य दल र प्रहरीले समेत बताएको थियो । पौडेललाई नजिकबाट चिन्नेहरु उनी निकै महत्वाकांक्षी र अस्थिर स्वभावका व्यक्ति भएको टिप्पणी गर्छन् ।

स्वयं गणेश पौडेललाई आफ्नो राजनीतिक पृष्ठभूमिबारे बुझ्न पटकपटक फोन सम्पर्क गर्दा उनी यो विषयमा अहिले बोल्न जरुरी नभएको भन्दै पन्छिने गरेका छन् । यसको कारण पनि आफ्नो विगतको अस्थिर राजनीतिकर वैचारिक चरित्र हुनुमा शंका छैन ।
जे सुकै भएपनि यिनै ‘लो प्रोफाइल’ र रुपन्देही २ को हकमा ‘अपरिचित’ युवाले नेकपा एमालेको बलियो क्षेत्र मानिएको रुपन्देही २ मा उक्त पार्टीका उम्मेदवार विष्णु पौडेलको जितमा ब्रेक लगाउने गरी चुनौति दिए ।

‘रुपन्देही २ को चुनावमा धेरै मतदाताले उम्मेदवारको योग्यता, क्षमता र एजेण्डा नहेरी जित्दै आएका पुराना दल र नेताप्रतिको नकारात्मक धारणा बनाएर मत हालेको देखियो’–राजनीतिक विश्लेषक ऋषि आजाद भन्छन्–‘कस्तो उम्मेदवारलाई जिताउनुपर्छ भन्नेतिर हैन, जित्दै आएकालाई हराउनुपर्छ भन्ने भन्ने मनोविज्ञानले काम गरेको छ ।’

आजादको भनाईमा गणेश पौडेलले पाएको मत उनले सांसद जितेर केही गर्छन् भन्ने विश्वासले नभई रवि लामिछानेको पार्टीका उम्मेदवार भएकैले मतदाताले आंखा चिम्लेर हालेका हुन् ।

‘उम्मेदवारको योग्यता,क्षमता,विश्वसनीयता,इमान्दारिता,निष्ठा केही नहेरी भावना र हावाको तालमा एकथरि मतदाताले भोट हालेको देखियो’–नेकपा एमालेका युवा नेता राजेन्द्र ढकालले भने–‘यस्तो ट्रेण्डमा यसरी मत खसेको पहिलोचोटी देखियो ।’ राम्रा काम गर्दागर्दै र सक्षम हुंदाहुदै पनि पटकपटक चुनाव जितेको भनेर नेताहरुप्रति मतदातामा जबरजस्त नकारात्मक माइण्डसेट बनाएर बद्नाम गर्ने गैरजिम्मेवार प्रवृत्तिले देश र पार्टीको नेतृत्व गर्ने पालो पर्खेर लाइनमा बसेका नेताहरुमाथि चुनौति थपिदिएको ढकाल बताउंछन् ।

कुनै संगठन र जनाधार विनै आफुलाई यसरी भोट आउनुको पछाडि विगतमा जितेका नेताले जनताको पक्षमा काम गर्न नसकेको गणेशले तर्क गर्ने गरेका छन् । उनले चुनावी अभियानका क्रममा विष्णु पौडेललाई इंगित गरेर अनेक आरोप लगाउंदै भाषण गर्दै हिंडेका थिए । तर रुपन्देहीको हकमा विष्णु पौडेल आफ्नो क्षेत्रमा सबैभन्दा धेरै वजेट पार्ने नेतामा पर्छन् । विपक्षीले समेत उनलाई विकासे नेता भन्छन् ।
संसदीय राजनीतिको आलोचना गर्ने प्रकाश डुम्रेको विचारमा गणेशले यसरी अप्रत्यासित धेरै भोट पाउनुमा राजनीतिक दलहरुमा युवा पुस्तालाई अवसर नदिने र पुरानै नेता दोहोरिने प्रवृत्तिमाथिको गतिलो झापड हो ।
जे होस् गणेशले विष्णु पौडेललाई मात्र हैन, सत्तारुढ दलको गठबन्धनलाई पनि चुनौति दिएरै छाडे,त्यस अर्थमा उनको महत्वाकांक्षालाई मान्नैपर्छ ।
संसदमा र सरकारमा गएर उल्लेख्य काम नगर्ने असक्षम नेताप्रति वितृष्णा जाग्नु स्वभाविक भएपनि सबै नेतालाई एउटै घानमा हालेर नो नट अगेनका नाममा बद्नाम गर्दै सक्षम नेतृत्वलाई विस्थापित गर्न खोज्नु देशलाई अस्थिरता र अराजकतातिर लैजाने अदृश्य निहित स्वार्थ भएकाले यसप्रति आम मतदाता सजग हुनुपर्ने राजनीतिक विश्लेषक ऋषि आजाद बताउंछन् ।
जे होस् अब दलहरुले आफ्ना कमी कमजोरीको निर्मम समीक्षा गरेर सच्चिने र युवाहरुको भावना समेटेर निति कार्यक्रम बनाउनेदेखि हरेक क्षेत्रमा उनीहरुको अर्थपूर्ण सहभागिता र अवसर नदिने हो भने आगामी दिनमा गणेश पौडेल जस्ता सयौं युवाहरुले ठूला भनिएका दलहरुलाई चुनावमा यसरी नै घण्टी बजाइरहनेछन् । चेतना भया ।।

-तस्वीरमा खादा लगाएका गणेश पौडेल एमालेबाट विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्दा विप्लव समूहका नेताहरुसंग  ।

फोटो : प्रकाश डुम्रेको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?