© २०२३
बुटवल,१० मंसिर । रुपन्देही क्षेत्र नंं ३ प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अन्तिमतिर आइपुग्दा गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांण २ हजार मतले पछि परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले मतान्तर बढाउंदै जित नजिक पुगेका छन् । बोहराले निकटतम प्रतिस्पर्धी खांणलाई २०३९ मतले पछि पारेका छन् । ७ हजार मत गणना हुन बांकी रहंदा बोहराले ३३६४५ मत र खांणले ३१६०६ मत पाएका छन् । मतगणनामा रहेका राप्रपाका प्रतिनिधिहरुले आफूहरुको जित निश्चित भइसकेको दावी गरेका छन् ।