© २०२३
बुटवल, ९ मंसिर । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य (२) मा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले माओवादी केन्द्रका बामदेब क्षेत्रीलाइ ७ हजार बढी मतान्तरले पराजित गरेका हुन । श्रेष्ठले १६ हजार ३ सय मत प्राप्त गरेर बिजयी हुंदा क्षेत्रीले ९ हजार ४ सय १० मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १ सय ५८ मत खसेको थियो।
विजयी श्रेष्ठ यसअघि यही क्षेत्रबाट निर्वाचित भई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री समेत बनेका थिए । रुपन्देही २ कै प्रदेश सभा सदस्य क्षेत्र १ मा पनि एमालेकै लिला गिरी विजयी भएका छन् ।